१ जेठ, कोहलपुर । कोहलपुर नगरपालिकामा विद्युतिय माध्यमबाट भुक्तानी हुने भएको छ । कोहलपुर नगरपालिकाले सम्बन्धित कम्पनी तथा संस्थाको खातामा सिधै नगद जम्मा हुने गरी भुक्तानीको व्यवस्था सुरु गरेको हो ।
‘नगरपालिकाबाट काम छिटो छरितो गराउनका लागि यो प्रक्रिया अपनाइएको हो’, कोहलपुर नगरपालिकाका मेयर पूर्ण प्रसाद आचार्यले भने, ‘चेकमार्फत भुक्तानी दिइएको रकम बैंकमा लाइन लागेर क्लिरिन्समा हाल्नु भन्दा सिधै सम्बन्धित कम्पनीको खातामा रकम भुक्तानी हुने व्यवस्था मिलाएका छौं ।’
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
यस्तै कोहलपुर नगरपालिका प्रमुख प्रशासकिय अधिकृत टिकाराम ढकालले नगरपालिकाबाट विद्युतीय माध्यमबाट भुक्तानी लिनुपर्ने व्यवस्था कामय गरिएको बताए ।
‘सम्पूर्ण व्यक्ति संस्था फर्म वा निकायले आफ्नो खाता नम्बर र नाम खुलेको चेकबुकको फोटोकपी भुक्तानी निवेदन दिनुहोला’ उनले भने, ‘काम गरेको विवरण पेश गर्नुपर्ने र भौचर स्वीकृत हुने विक्तिकै चेक नकाटिई रकम सिधै सम्बन्धितको खातामा स्थानान्तरण हुने व्यवस्था मिलाइएको छ ।’ यसले गर्दा सेवाग्राहीलाई सेवा र सुविधा लिन निकै सहज र सरल हुने ढकालले विश्वास व्यक्त गरे ।
१ असार २०७९, बुधबार १८:११ प्रकाशित