३१ जेठ, कोठमाण्डौं । युवा तथा खेलकुद मन्त्रीको तर्फबाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले संसदमा जवाफ दिएका छन । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) रुस भ्रमणमा रहेकाले उनको प्रतिनिधित्व गर्दै मंगलबारको प्रतिनिधि सभा बैठकमा सांसदहरुले सोधेको प्रश्नको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री पौडेलले जवाफ दिएका हुन । प्रश्नको जवाफ दिदैं पौडेलले एक स्थानिय तह एक खेल पूर्वाधार निर्माण गर्ने निति अनुसार आगामी आर्थिक वर्षमा १७१ वटा पालिकामा बजेट विनियोजन गरीएको बताए ।
युवा जनशक्तिलाई स्वदेशमै स्वरोजगार प्रदान गर्ने उद्धेश्यले थप १२ हजार जनालाई कर्जा उपलब्ध गराई ब्याज अनुदान दिने तथा ति ब्यवसायीको र ब्यवसायको शुरक्षाकालागि बिमाको ब्यवस्था मिलाईएको समेत जानकारी दिए ।
जवाफको पूर्णपाठ यसप्रकार रहेको छ ।:
३१ जेष्ठ २०७९, मंगलवार १८:४५ प्रकाशित