लुम्बिनीको नीति तथा कार्यक्रम सार्वजनिक, बुटवललाई आर्थिक राजधानी बनाइने
  • काँचुली खबर

जेठ २५, बुटवल । लुम्बिनी प्रदेश सरकारले बुटवललाई आर्थिक र कपिलवस्तुलाई सांस्कृतिक राजधानीको रूपमा विकास गर्ने नीति ल्याएको छ । बुधबार लुम्बिनी प्रदेशसभामा प्रदेश प्रमुख अमिन शेरचनले लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेशको स्थायी राजधानी व्यवस्थापनलाई पनि गौरवको आयोजनाभित्र राखिएको बताए ।

स्थायी राजधानी तोकिएको स्थान दाङको राप्ती उपत्यका देउखुरीलाई प्रदेश सरकारले गौरवको आयोजना घोषणासँगै लुम्बिनी प्रादेशिक अस्पताल, रापती अस्पताललाई गौरवको आयोजनामा राखेको छ । नीति तथा कार्यक्रममा ‘राष्ट्रको गौरव र प्रदेशको पहिचान झल्कने गरी गुरुयोजनाको आधारमा प्रदेश राजधानीको लागि पूर्वाधार निर्माण जग्गा व्यवस्थापन, ल्याण्ड पुलिङ्ग र अन्य संरचना निर्माण गर्ने कार्य अघि बढाइने शेरचनले उल्लेख गरेका छन् ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

प्रदेशको राजधानी व्यवस्थापनबाहेक लुम्बिनी प्राविधिक विश्वविद्यालय, पाल्पाको रामपुरदेखि रोल्पाको पातेहल्ना, जिन वाङ, रामपुर कपरकोट जीवराज आश्रित सडक, कृष्ण सेन इच्छुक मार्गलाई प्रादेशिक गौरवको आयोजनाको रूपमा विकास गरी कार्यान्वयन गरिने उल्लेख छ । यस्तै अर्घाखाँची र प्युठानको सिमनामा पर्ने नौमुरे बहुउद्देश्यीय जलाशय युक्त परियोजनालाई संघीय सरकारसँगको समन्वयमा प्रदेशको महत्त्वपूर्ण योजनाको रूपमा अघि बढाइने प्रदेश सरकारले नीति तथा कार्यक्रममा उल्लेख छ ।

यस्तै नीति तथा कार्यक्रम एक स्थानीय तह एक नर्सरीको अवधारणा ल्याएको छ । गौतम बुद्ध विमानस्थल सञ्चालनलाई अवसरको रूपमा लिँदै पर्यटन र पूर्वाधार विकासको लागि थप काम गर्ने उल्लेख छ । कृषिको उत्पादकत्व वृद्धि हुने कार्यक्रमका साथै बालिएको पहिचान गरी एक जिल्ला एक निर्यातको अवधारणामा जोड दिने उल्लेख छ । माटो सुधार कार्यक्रम ल्याएको छ । माछा र मासु उत्पादनमा विशेष कार्यक्रम ल्याइने उल्लेख छ ।

  • २५ जेष्ठ २०७९, बुधबार १६:३९ प्रकाशित
  • Nabintech