१६ चैत्र २०८०, शुक्रबार
रोनाल्डोको मूल्यस् एक खर्ब ४४ अर्ब, अब उनी युभेन्टसमा
  • काँचुली खबर

एजेन्सी- अहिले विश्व फुटबलको महाकुम्भ विश्वकपमा झुमिरहेको छ । आगामी आइतबार अबको विश्व च्याम्पियनको फैसला हुँदैछ ।

विश्वकप फुटबलमा विश्वले ध्यान दिइरहँदा अर्कोतिर फुटबल क्षेत्रको अर्को ठूलो समाचार बाहिर आएको छ ।

समाचार हो पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो इटाली जाने । किनकि उनलाई स्पेनिस क्लब रियल म्याड्रिडबाट इटालियन क्लब युभेन्टसले खरिद गरेको छ ।

युभेन्टसले रोनाल्डोलाई स्पेनबाट इटाली ट्रान्सफर गर्न करिब डेढ खर्ब रुपैयाँ खर्चिएको छ । दुई क्लबबीच भएको सम्झौतासँगै ३३ वर्षे रोनाल्डो अब युभेन्टसबाट खेल्नेछन् ।

यो ट्रान्सफरसँगै रोनाल्डोले भनेका छन् ” मेरो जीवनको नयाँ चरणको सुरुवातको समय आएको छ, त्यसैले मैले क्लबसँग मेरो ट्रान्सफर स्वीकार गर्न भनेको थिएँ ।

यो फुटबल दुनियाँमा भएको चार मह‌ंगा ट्रान्सफर मध्ये एक हो । यसअघि बार्सिलोनाबाट पिएसजी लैजाँदा ब्राजिलका नेयमारलाई क्लबले यसको दोब्बर रकम तिरेको थियो । फ्रान्सको खेलमा अहिले निकै चम्किएका खेलाडी एमबाप्पेलाई पनि झन्डै २ खर्ब तिरेर पिएसजीले मोनाकोबाट खरिद गरेको थियो ।

रोनाल्डोको यो ट्रान्सफरपछि अब फुटबल पारखीहरुले त्यो खेलको प्रतिक्षा गरिरहेका छन् जहाँ रोनाल्डोको पुरानो टिम रियल म्याड्रिड र युभेन्टसबीच खेल हुँदैछ । यी दुई टिमबीच अमेरिकामा ४ अगस्टमा खेल हुँदैछ । रियल म्याड्रिडका र आफ्ना समर्थकलाई रोनाल्डोले एउटा चिठी लेखेका छन् । रोनाल्डोले रियल म्याड्रिडका केही वर्ष जीवनका सबैभन्दा खुसीका वर्ष भएको बताएका छन् ।

उनले लेखेका छन्  ‘रियल म्याड्रिडले मेरो र परिवारको मन जितेको छ । यी नौ वर्षमा मैले कयौँ महान् खेलाडीविरुद्ध खेलेँ, उनीहरु सबैलाई मेरो सम्मान ।

  • २७ असार २०७५, बुधबार ११:११ प्रकाशित
  • Nabintech