त्रिवि क्रिकेट मैदानमा फल्ड लाइट जडान गर्ने घोषणा
  • काँचुली खबर

जेठ १५, काठमाण्डौं । सरकारले कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा फल्ड लाइट जडान गर्न बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री जनार्दन शर्माले त्रिवि मैदानमा रात्रिकालीन खेलका लागि फल्ड लाइट जडान गरिने जानकारी दिए ।

त्यस्तै कोहलपुरस्थित क्रिकेट मैदानका लागि पनि सरकारले बजेट विनियोजन गरेको छ । सरकार एक स्थानीय तह एक खेल ग्रामको कार्यक्रमलाई निरन्तरता दिने भएको छ ।

सरकारले युवा तथा खेलकुदतर्फ २ अर्ब ४६ रोड रकम विनियोजन गरेको छ ।

  • १५ जेष्ठ २०७९, आईतवार १८:२५ प्रकाशित
  • Nabintech