१३ जेठ, काठमाण्डौं । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल सवार गाडी दुर्घटनामा परेको छ । उनी सवार किया कम्पनीको गाडी शुक्रबार दिउँसो ललितपुरको जावलाखेलस्थित स्टाफ कलेज नजिकै दुर्घटना भएको ललितपुर प्रहरी स्रोतले जनाएको छ ।
प्रहरीका अनुसार उनी सवार गाडी गुडिरहेको बेला अचानक टायर पन्चर भएपछि पोलमा ठोक्किन पुगेको थियो । गाडी पोलमा ठोक्किँदा उनको दाहालको टाउकोमा चोट लागेको प्रहरी स्रोतका भनाइ छ । टाउकोमा चोट लागेपछि उनलाई सुमेरु अस्पतालमा लगिएको थियो भने टाउकोमा टाँका लगाइएको प्रहरीको भनाइ छ । उनको अवस्थामा भने खतरामुक्त रहेको प्रहरी स्रोतका भनाइ छ ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
भरतपुर महानगरपालिकाको मेयर पदमा विजयी भएसँगै उनी काठमाडौं आएर खुमलटारमा बस्दै आएकी थिइन् ।
१३ जेष्ठ २०७९, शुक्रबार १६:१८ प्रकाशित