नेपालगन्जमा प्रशान्त र कमरुद्दीन विजयी
  • काँचुली खबर

जेठ ६ नेपालगन्ज । नेपालगन्ज उपमहानगरमा अघिल्लो निर्वाचनमा राप्रपाले थामेको विरासत गठबन्धनले खोसेको छ । सुरुवाती गणनाबाटै अग्रता लिएका गठबन्धनबाट कांग्रेस उम्मेदवार प्रशान्त विष्ट नेपालगन्ज उपमहानगरको मेयर पदमा विजयी भएका छन् ।

उनले २३४६० मत ल्याएर मेयर पदमा विजयी भएका हुन । उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका पशुपतिदयाद मिश्राले ११६७५ मत पाएका छन् भने चुनावका मुखैमा माओवादी छाडेर राप्रपा प्रवेश गरि मेयरको उम्मेदवार बनेका नन्दलाल बैश्यले ७५९८ मतका साथ तेस्रो स्थानमा रहेका छन् ।

वर्गीकृत विज्ञापन

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

त्यस्तै उपमेयरमा पनि गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार कमरुद्दीन राई विजयी भएका छन् । उनी १७९५० मत ल्याएर विजयी भएका हुन् । उनको निकटतम प्रतिद्वन्दी नेकपा एमालेकी शान्ति ढकालले १०९१५ मत ल्याएकी छन् भने राप्रपाकी बिन्दु चर्तिमगरले १०१३५ मत ल्याएका छन् ।

नेपालगन्जमा नेपाली कांग्रेसले मेयर सहित ५ वटा वार्ड जितेको छ भने जसपाले उपमेयर सहित ६ वार्ड जितेको छ । ५ वटा वार्डमा एमाले, ४ वटामा माओवादी केन्द्र र ३ वार्डमा राप्रपाका वडा अध्यक्षका उम्मेदवारहरु विजयी भएका छन् ।

  • ६ जेष्ठ २०७९, शुक्रबार ०९:२४ प्रकाशित
  • Nabintech