५ जेष्ठ २०८१, शनिबार
राप्ती सोनारी गाउँपालिकामा कांग्रेसको सुरुवाती अग्रता
  • काँचुली खबर

३१ बैशाख, कोहलपुर / बाँकेको राप्तीसोनारी गाउँपालिकामा नेपाली काँग्रेसले अग्रता लिएको छ । कांग्रेसका तर्फबाट अध्यक्ष पदका उम्मेदवार तप्त पौडेलले सुरुवाती अग्रता लिएका हुन् । निर्वाचन अधिकृत टोपेन्द्र केसीका अनुसार पौडेलले १ सय १३ मत प्राप्त गरेका छन् ।

यस्तै नेकपा एमालेका रामदास थारुले १ सय ४ र नेकपा (माओवादी केन्द्र) का पट्टु थारुले ४९ मत प्राप्त गरेका छन् । यस्तै उपाध्यक्ष पदमा एमालेका उम्मेदवार चमेली बागवलले १ सय ७, कांग्रेसकी मनिषासिंह थारुले १ सय ५ र माओवादी केन्द्रकी मञ्जु रोकायले ४७ मत प्राप्त गरेकी छन् । गाउँपालिकाको वडा नम्बर १, २ र ३ को मतगणना अहिले चलिरहेको बताइएको छ ।

  • ३१ बैशाख २०७९, शनिबार १२:५७ प्रकाशित
  • Nabintech