कोहलपुरका १३ वडाबाट मतपेटिका संकलन
  • काँचुली खबर

३० बैशाख, कोहलपुर / स्थानिय तह निर्वाचन अन्तर्गत शुक्रबार भएको मतदानका प्रयोग भएका मतपेटिका संकलन गरीएको छ । बाँकेको कोहलपुर नगरपालिका अन्तर्गतका १५ वटा वडामध्ये १३ वडाको मतपेटिका संकलन गरीएको हो । पिपिरीस्थित कृषि तालिम केन्द्रमा रहेका दुई मतदान केन्द्रका मतपेटिका भने संकलन हुन बाँकी छन ।

वडा नं. ८ को मतदान प्रक्रियाका क्रममा देखिएको विवादका कारण वडा नं. ८ र ९ को मतपेटिका संकलन हुन सकेको छैन । वडामा देखिएको विवाद समाधानकालागि सर्वपक्षिय बैठक बसिरहेकाले समस्या समाधान भएपछि मात्र त्यहाँको मतपेटीका मतगणनास्थलमा ल्याउने निर्वाचन आयोग कोहलपुरले जनाएको छ । मतपेटीकालाई भने शिल गरेर शुरक्षित राखिएको निर्वाचन आयोग कोहलपुरका प्रमुख तिर्थराज भट्टले जानकारी दिए ।

त्यष्सबाहेक संकलन गरीएका मतपेटीकालाई कोहलपुर नगरपालिकाको सभाहलमा शुरक्षित राखीएको छ । मतगणना स्थलका रुपमा रहेको कोहलपुर नगरपालिका कार्यालयमा शुरक्षा ब्यवस्था कडा पारीएको छ ।

  • ३० बैशाख २०७९, शुक्रबार २१:२८ प्रकाशित
  • Nabintech