३० वैशाख, कोहलपुर / बाँकेको कोहलपुर नगरपालिकाको एक मतदान केन्द्र बाहिरको माहौल तनावपूर्ण बनेको छ । कोहलपुर वडा नं. ८ को पिपिरीमा रहेको मतदान केन्द्रमा प्रहरी र स्थानियबिच बिवाद हुदा तनावको स्थिती पैदा भएको हो ।
स्थानिय तह निर्वाचन अन्तर्गत निर्धारित समय (बेलुका ५ बजे)पछि मतदानस्थल पुगेका मतदाता र प्रहरी विच विवाद भएपछि प्रहरीले लाठिचार्ज गरेको स्रोतले जनाएको छ । ५ बजे पछि सबै मतदाता मतदान केन्द्रभित्र प्रवेश गर्न खोजेपछि प्रहरीले भिडलाई रोक्न लाडिचार्ज गरेको बताईएको छ ।
अहिले त्यो क्षेत्रमा ठूलो संख्यामा शसस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको छ । घटनाबारे थप जानकारी आउन बाँकी छ ।
३० बैशाख २०७९, शुक्रबार १८:४९ प्रकाशित