वाईसीएलका नेतामाथि काेहलपुरमा खुकुरी प्रहार
  • काँचुली खबर

३० वैशाख, काेहलपुर । बाँकेको कोहलपुर नगरपालिकाको कौशिल्यानगरमा नेकपा माओवादी केन्द्र निकट योङ कम्युनिस्ट लिग (वाईसीएल)का एक नेतामाथि खुकुरी प्रहार भएको छ । निर्वाचनकाे अघिल्लाे रात बिहिबार अज्ञात समुहले राजु शाहिलाई खुकुरी प्रहार गरेकाे हाे ।

कोहलपुर नगरपालिका-१ कौशिल्यानगरमा धारिलो हतियार खुकुरी प्रहार हुँदा वाईसीएल नेता शाही घाइते भएका हुन् । घाइते शाहीको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घट्नामा संलग्न केही व्यक्तलाई इलाका प्रहरी कार्यालय कोहलपुरले नियन्त्रणमा लिएको कोहलपुरका प्रहरी नायब उपरीक्षक ऐनबहादुर मल्लले जानकारी दिए । घट्नमा संलग्नकाे खोजी भइरहेकाे र घट्नाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

  • ३० बैशाख २०७९, शुक्रबार १०:०६ प्रकाशित
  • Nabintech