५ जेष्ठ २०८१, शनिबार
काँग्रेसका उम्मेदवारद्वारा माओवादी कार्यकर्ता पिटिए, गाडी पुर्ण रुपमा क्षति
  • ऐरावती/प्युठान

प्युठानको ऐरावती गाउँपालिकामा काँग्रेसका उम्मेदवारद्वारा माओवादी कार्यकर्ताहरु पिटिएको माओवादीले जनाएको छ ।

नेपाली काँग्रेसको तर्फबाट ऐरावती गाउँपालिका अध्यक्षका उम्मेदवार नबिल बिक्रम शाह र वडा नम्बर ५ का अध्यक्षका उम्मेदवार चन्द्र बहादुर रोका लगायतको टोलीले गएराती ९ बजेतिर माओवादी कार्यकर्ता माथि आक्रमण गरी घाइते बनाएको र उनिहरु सवार गाडी पुर्ण रुपमा क्षति पारिदिएको माओवादी ऐरावतीले जनाएको छ ।

माओवादी ऐरावती अध्यक्ष दोर्ण प्रसाद पाण्डेले बिहीवार एक बिज्ञप्ति जारी गर्दै काँग्रेस उम्मेदवार लगायतको टोलीले आफ्ना कार्यकर्ता माथि साङ्घातिक आक्रमण गरेको भन्दै दोषिमाथी कडा कारबाहीको माग गरेका छन ।

काँग्रेसको आक्रमणबाट आफ्ना कार्यकर्ताहरु दिपक सापकोटा र दिपक केसी घाइते भएको माओवादीले जनाएको छ ।

हेर्नुस् बिज्ञप्ति :

  • २९ बैशाख २०७९, बिहीबार २०:२५ प्रकाशित
  • Nabintech