५ जेष्ठ २०८१, शनिबार
चौधरीको पार्थिव शवमा मन्त्री अथकले ओढाए राष्ट्रिय झण्डा
  • काँचुली खबर

२८ बैशाख, कोहलपुर / भारोत्तोलन खेलाडी सन्जु चौधरीको पार्थिव शरीरमा युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले राष्ट्रिय झण्डा ओढाएर सम्मान ब्यक्त गरेका छन । बुधबार विहान बाँकेको राप्तिसोनारीस्थित चौधरीको निवासमा पुगेर मन्त्री अथकले राष्ट्रिय झण्डा ओढाई श्रद्धाञ्जली अर्पण गरेका हुन ।

मंगलबार काठमाण्डौंमा मृत अवस्थामा भेटिएकी चौधरीको शव उनको गृह नगर बाँके ल्याईएको छ । बाँकेको राप्तीसोनारी ३ बेलासपुरमा रहेको घरमा बुधबार चौधरीको शव अन्तिम श्रद्धाञ्जलीकालागी राखिएको थियो । चौधरीलाई अन्तिम श्रद्धाञ्जली दिन बेलासपुर पुग्नुभएका मन्त्री अथकले राष्ट्रिय झण्डा ओढाएर सम्मान ब्यक्त गरेका हुन ।

श्रद्धाञ्जली सभामा बोल्दै मन्त्री अथकले चौधरीको निधनले नेपाली खेल क्षेत्रमा अपुरणिय क्षती पुगेको बताए । चौधरीको निधनले सिंगो खेल क्षेत्रलाई स्तब्ध बनाएको उल्लेख गर्दै मन्त्री अथकले श्रद्धाञ्जली अर्पण गरे ।

१३ औं दक्षिण एसियाली खेलकुदमा भारोत्तोलन तर्फबाट स्वर्ण पदक बिजेता खेलाडी चौधरी एसियाली खेलकुदको तयारीका क्रममा ललितपुर बस्दै आएकी थिईन । ललितपुरको महालक्ष्मी नगरपालिका ९ लुभुमा बस्दै आएकी २३ वर्षिया चौधरी मंगलबार बिहान ५ः३० बजे मृत अवस्थामा भेटिएकी थिईन ।

चौधरीको उनकै गृहनगरमा बुधबार धार्मिक बिधि अनुसार अन्तिम संस्कार गरीएको छ ।

  • २८ बैशाख २०७९, बुधबार १५:३३ प्रकाशित
  • Nabintech