बिहिबारसम्म कोहलपुर नगरपालिको सबै सेवा बन्द
  • काँचुली खबर

२७ बैशाख, बाँके । कोहलपुर नगरपालिकाबाट प्रदान गरिने सम्पुर्णं सेवाहरु बिहिबारसम्म बन्द हुने भएको छ ।

नगरपालिकाले मंगलबार एक सुचना प्रकाशित गर्दै नगर कार्यपालिकाको कार्यलय एव अन्तर्गतका शाखा वडा कार्यालय र स्वस्थ्य सस्थाबाट प्रदान गरिने सम्पुर्ण सेवाहरु बैशाख २७,२८,२९ गते सम्म बन्द हुने जनाएको छ ।

कोहलपुर नगरपालिका प्रमुख प्रशासकिय अधिकृत टिकाराम ढकालका अनुसार, ती सम्पुर्ण संस्थामा कार्यरत अधिकांश कर्मचारी निर्वाचन प्रक्रियामा मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र सहयोगी कर्मचारीका रुपमा खटिएकाले नगर कार्यपालिका कार्यालय अन्तर्गतका संस्थाबाट प्रदान गरिने सेवा बन्द हुने भएको हो ।

  • २७ बैशाख २०७९, मंगलवार १५:४४ प्रकाशित
  • Nabintech