२७ बैशाख, बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले हराएको नगद तथा गहना भेट्टाएर सम्बन्धित ब्यक्तिलाई बुझाएको छ । बढैयाताल गाँउपालिका वडा नं. ३ सिमराकी ५४ वर्षिय देवी सापकोटाको पोखरा देखी नेपालगंज आउने क्रममा सोमबार नगद तथा गहना सहितको झोला हराएको थियो ।
सामान हराएको खबर पाएलगत्तै जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले नेपालगंज उप-महानगरपालिका वडा नं. ४ बसपार्क स्थित ग १ ख ९८४६ नं। को बसमा उक्त झोला सहित सामान फेला पारेर सम्बन्धित ब्यक्तिलाई बुझाएको हो ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
झोलामा ८ हजार नगद, पोते सहितको सुनको तिलहरी २ थान, सुनको सिक्री १ थान, सुनको वाला २ थान, सुनको चन्द्रमा १ थान, सुनको मंगलसुत्र १ थान र १ थान सुनको औंठी भेटिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
२७ बैशाख २०७९, मंगलवार १४:२१ प्रकाशित