‘निरक साहुजी’ वडावासी माझ चर्चित नाम । आसन्न स्थानिय तहको निवाचनमा कोहलपुर नगरपालिका वडा नं. १२ को वडाध्यक्षका उम्मेदवार निरक बहादुर शाही आफ्नो वडामा ‘निरक साहुजी’ का रुपमा परिचित छन । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकिकृत समाजवादी)को संयुक्त गठबन्धनबाट वडाध्यक्ष पदका साझा उम्मेदवार बनेका शाही आसन्न स्थानिय तहको निर्वाचनमा स्वघोषित बलिया उम्मेदवारहरुकालागि चुनौतीका रुपमा उदाएका छन ।
पहिलो स्थानिय तह निर्वाचनमा वडा सदस्य पदमा झिनो मतले पराजित भएका शाही निरन्तर राजनितिमा सक्रिय छन । वडामा कसैको मृत्यु भएमा दाहसंस्कारकालागि आवश्यक दाउराको डुवानी निशुल्क रुपमा गर्दै आएका शाहीले स्थानियहरु मायाले ‘साहुजी’ भनेर बोलाउँछन । शाहीसँगै एउटा ट्याक्टर छ, जसको प्रयोग दाहसंस्कारकालागि आवश्यक दाउराको ढुवानीकालागि हुँदै आएको छ । दुई दशकयता उनले दाउरा ढुवानी वापत कसैसँग शुल्क लिएका छैनन् । सामाजिक ब्यक्तित्वको छवि बनाएका शाही वडाबासीको सुख-दु:खका साथी समेत हुन ।
नेकपा माओवादी केन्द्रबाट वडाध्यक्षको उम्मेदवार बनेका शाहीलाई वडावासीले सम्भावित विजेताको रुपमा हेर्न थालेका छन । सरल र शान्त स्वभावका शाही दिनहुँ घरदैलो अभियानमा ब्यस्त छन । उनको ब्यक्तित्व र कामप्रतिको लगनशिलताका कारण उनि वडावासीको मनमा बस्न सफल भएका छन ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
बुवा रनरुप शाही र आमा चस्मादेवी शाहीको कोखबाट अछाम जिल्लाको तुर्माखाद गाँउपालिका वडा नं. ५ मा २०३९ अशोज २८ गते जन्मीएका शाही कर्मशिल, लगनशील हुनुका साथै उच्च राजनीतिक/प्रशासनिक क्षमता भएका राजनितिज्ञ हुन । विशुद्ध समाजसेवीका रुपमा सक्रिय शाही सहकारीकर्मी समेत हुन । लामो समयदेखी सहकारीमा आवद्ध रहेर काम गरेका शाहीसँग प्रशासनिक अनुभव छ ।
२०५६ सालमा पहिलो पटक विद्यार्थी संगठनमा आवद्ध रहेर राजनितिक यात्रा सुरु गरेका शाही २०६८ सालदेखी तत्कालीन नेकपा एकिकृत माओवादी कोहलपुर वडा नं. १२ कमिटिको अध्यक्ष हुँदै हालसम्म विभिन्न कमिटिको जिम्मेवारीमा रहँदै आएका छन । हाल उनि नेकपा (माओवादी केन्द्र) कोहलपुर नगरपालिका १२ नं. वडा कमिटिको अध्यक्ष समेत हुन ।
समाजसेवीका रुपमा सक्रिय शाही राजनिति मार्फत समाजसेवा गर्ने उद्धेश्यले वडाध्यक्षको उम्मेदवार बनेको बताउँछन । वडावासीले देखाएको सद्भाव नै आफुले चुनाव जित्ने सबैभन्दा ठुलो आधार रहेको बताउँदै शाहीले सबै वडावासीलाई निर्वाचनमा सहभागी हुन आग्रह समेत गरेका छन ।

२६ बैशाख २०७९, सोमबार १३:०४ प्रकाशित