हामी बनाउँछौ समुन्नत कोहलपुर : नरेन्द्र न्यौपाने
  • काँचुली खबर

२४ वैशाख, कोहलपुर / नेकपा माओवादी केन्द्र र एकिकृत समाजवादी पार्टीका तर्फबाट कोहलपुर नगरपालिकामा प्रमुख पदका उम्मेदवार नरेन्द्र न्यौपानेले समुन्नत कोहलपर निर्माण गर्ने भिजन आफुसँंग भएको बताउँछन ।

शिक्षा, स्वाथ्य, रोजगार, बिधुत खानेपनि लगायतका आधारभुत बस्तु तथा सेवाहरु सहुलियत र निशुल्क व्यवस्था गर्ने, दिगो बिकासको मोडेलमा समुन्नत कोहलपुर निर्माण गर्ने योजना बनाएका न्यौपानेले भ्रष्टचार नियन्त्रण, शुसासनयुक्त, लोककल्याणकारी र पादरर्शी स्थानिय सरकार बनाउने भन्दै उनले त्यसका लागी गोलाकार भित्रको हसिया र हथौडामा मतदान गर्न आग्रह गरेका छन ।

नगर अस्पतालबाटै नागरीकहरुलाई सबै खाले स्वाथ्य सेवा नि:शुल्क रुपमा लिनका लागि अस्पतालको पुर्वाधार र प्रबिधी बिकास गर्ने तथा अन्यत्र जानै पर्ने अस्वस्था सृजना भए अत्याधुनिक एम्बुलेन्स र चिकित्सकिय सेवा निशुल्क बनाउने उनको योजना छ ।

सार्वजनिक बिद्यालयको शिक्षाको गुणस्तरलाई बृद्धि गर्ने, भौतिक पुर्वाधार, जनशक्ति बृद्धिमा मुख्य ध्यान केन्द्रीत गर्ने योजनामा रहेका न्यौपाने बिपन्न तथा अनाथ बालबालिकालाई पठन पाठन गर्न आवशिय बिद्यालयको स्थापन गर्ने बताउँछन ।

संबिधानको मर्म अनुसार दलित तथा भुमिहीन सुकुम्वासीलाई भुमिको मालिक बनाउने गरी एक वर्ष भित्र जग्गाधनि प्रमाण पुर्जा बितरण गरिने उनको भनाई छ ।साथै कोहलपुको समस्याको रुपमा रहेको अब्यवस्थीत बसोवासीहरुको समस्या समाधान गर्न भुमि सुधार मन्त्तालय र भुमि आयोगको कामलाई प्रभावकारी ढंगले अगाडी बढाई जग्गा धनि प्रमाण पुर्जा बितरण गरीने बताए ।

कोहलपुरको बिकासका लागि निजी क्षेत्र, सहरकारी र स्थानिय सरकारको समस्यमा फोहर मैला व्यवस्थापन, छाडा पशु, चौपाय ब्यवस्थापन, ठेला व्यवसायीलाई व्यवस्थापन, आटो रिक्सा व्यवस्थापनको काम गर्ने उनको भनाई छ ।

किसान कल सेन्टरबाट कृर्षि तथा पशुपालन क्षेत्रको समस्या समाधान, नि:शुल्क टोल फ्रि सेवा मार्फत स्थानिय जनताको जनगुनासो सुन्ने र समाधान गर्ने तथा नगर पालिकाको सम्पुर्ण कामलाई पेपर लेस बनाउने तर्फ काम उनले बताए ।

बिधुतीय सेवा प्रयोगमा प्रोत्साहन गर्न, ईन्डक्सन चुल्हो, बिधुतिय सवारी साधन प्रयोगमा प्रत्साहन गर्ने र बिकासका काम लाई टिकाउ र दिगो बनाउन नितिगत सुधारका उनको भनाई छ । अधिल्लो कार्यकालमा पराजित भएर पनि निरन्तर जनताको सेवामा रहेका न्यौपाने प्टेलफर्म पाएमा सवैसँग एकाकार भएर कोहलपुरका बिकास र पहुँचका लागी अगाडी बढ्ने योजनामा रहेको बताउँछन ।

  • २४ बैशाख २०७९, शनिबार १२:१९ प्रकाशित
  • Nabintech