‘सुत्केरी महिला कर्मचारीप्रति स्थानीय सरकार संवेदनशील छैन्’
  • काँचुली खबर

काखमा छोरीलाई च्यापेर विरामीहरुको उपचार गर्दै ४ महिना कि सुत्केरी अनमी, सिमा घर्तिमगर खान  ।

 

म स्वास्थ्य सेवामा प्रवेश गरेको झन्डै ३ वर्ष पुग्न लाग्यो । तर, आज पनि सुरुवातका दिनजस्तै नयाँ लाग्छ र काम गर्ने जाँगर चल्छ । निकै रहरले पढेकाले पनि होला, मलाई भर्खर मात्रै अनमी भएर काम थालेको जस्तो लाग्छ ।
सुष्मा कोइराला मेमोरियल क्याम्पस नेपालगञ्जबाट ०७२ सालमा अनमी पास गरेपछि जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेमा रहेर रोभिग अनमीको पदमा रही ६ महिना करारमा काम गरेँ। त्यसपछि आफ्नै घर भएको बाँकेको डुडुवागाँउपालिका वडा नं. ३ बनकट्टीमा रहेको स्वास्थ्य चौकीमा ढाई महिना काम गरेँ।
०७४ सालमा लोकसेवा पास गरेपछि जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटले २५ दिनको सुत्केरी अवस्थामा नै जिल्लाको सबै भन्दा बिकट ठाँउको रुपमा परिचित रग्दा स्वास्थ्य चौकीमा मेरो दरबन्दी कायम गर्यो ।
सुत्केरी बिदा माग गर्दा पनि नलगाड नगरपालिकाले कुनै पनि हालतमा बिदा दिन नसक्ने बताए पछि कार्यालयमा हाजिर भएर सदरमुकाम खलंगा आएर जिल्ला स्वास्थ्य कार्यालयका प्रमुखसँग अनुरोध गरे पछि ९८ दिन बिदा पाउनु पर्ने ठाँउमा ४९ दिनको बिदा दिने निर्णय गर्नु भयो । ४९ दिनको बिदा पनि मेरो बच्चाका लागि राहात नै भएको थियो ।
म जन्मेको ६ महिनामा नै बुबाको मृत्यु भयो बुबाको न्यानो काख महशुस गर्न पाएन् । देशको मुहार फेर्न दश वर्षीय जनयुद्धमा मेरो पुरै परिवार होमियो । मेरो परिवारमा मेरो आमा, दाजु र म मात्र थियाैं । दाजु लामो समय सम्म युद्धमा जनताको हितका निम्ती जनमुक्ती सेनाको कमाण्डर भएर लड्दा लड्दै सुर्खेतमा नेपाली सेनाको नियन्त्रणमा परी कैदी जीवन बिताई रहेको अवस्थामा नै कारागारमा सुरुङ्ग खनेर आफना साथीहरुसँगै भाग्न सफल भए पनि बाँकेमा पुग्ने बित्तिकै फेरी नेपाली सेनाले नियन्त्रणमा लिई हत्या गरेर बेपत्ता बनायो । दाजुले युद्धको मैदानमा रहेका बेला नै विवाह गर्नु भएको थियो । वैवाहिक जीवनमा बाधिएको केही महिनामा नै नेपाली सेनासँगको भिडन्तमा भाउजुले बिरगति प्राप्त गर्नु भयो । दाई र भाउजु परिर्वतनका निम्ती संघर्ष गर्दागर्दै शहिद भए पछि म र मेरो आमा मात्र बाँची रहेका थियाैं । त्यही बेला फेरी नेपाली सेनाले मेरो घरमा छापा मारी मेरो आमालाई नजरबन्द गरी बेपत्ता बनायो । लामो खोजी गरे पश्चत बाँकेको फुल्टेक्रमा रहेको नेपाली सेनाको व्यारेकमा आमालाई माओबादी भन्दै चरम यातना दिदै राखेको थाहा पाए ।
१ महिना सम्म आमालाई सेनाले यातना दिए पछि आमाको मानसिक सन्तुलनमा समस्या नै भयो । त्यस पश्चात सेनाले नेपालगंज कारागारमा राख्न पठाएको ३ महिना पछि आमालाई कारागारबाट मुक्त गरियो । कारागारबाट मुक्त भएपछि आमाको लामो उपचार पश्चात स्वास्थ्य स्थितीमा सुधार आयो । उपचार गराउन जाँद गरिब र धनि भनी स्वास्थ्यकर्मीबाट हुने बिभेद देखेर बिभेदका बिरुद्ध लड्नका निम्ती स्वास्थ्यकर्मी बन्ने चाहना मेरो मात्र होइएन मेरो आमाको पनि थियो ।
कुरा २०६५/०६६ साल तिरको हो तत्कालीन समयमा नेपाली सेनाले दिएको चरमपूर्ण यातनाका कारण आमालाई क्यान्सर हुन पुग्यो । आमाको उपचारका लागि पैसा नभए पछि आमाको नाममा रहेको जग्गाहरु विक्री गरी उपचारका लागि भारतको लखनाउ लगे । उपचार हुँदा हुँदै आमाको मृत्यु भयो । आमाको मृत्यु भएसंगै म टुहुरी हुन पुगे । आमाको काज क्रिया गरेर आमाको सपना पुरा गर्नका निम्ती संघर्ष गर्ने संकल्प लिए ।
२०६८ सालमा नेपालगंजमा बसेर पत्रकारीता गर्दै आइरहनु भएका मुस्लिम समूदायका यूवा आलम खान सँग भेट हुन पुग्यो । मुस्लिमहरु आफ्ना कुरामा निकै विश्वासीलो र पक्क हुने भएकाले मलाई धेरै मन पर्थे ।आलम खानसँगकाे भेट संयाेग मात्र थियो । उहाँ पनि कम्युनिष्ट हुनु हुदो रहेछ । उहाँ संगको भेटले मेरो परिवारको सम्पूर्ण सपनाहरु पुरा हुने आशा पलायो । खान संग इस्लामीक संस्कार अनुसार विवाह गरे लगत्तै अनमी पढ्नका लागि नेपालगंजमा भर्ना खुलेको थियो । अनमी पढ्नका लागि फारम भरे परिक्षा दिए परिक्षामा पनि पास भए पछि अनमी पढ्ने बाटो खुल्यो । अनमीको परिक्षामा पनि ९१.९५ प्रतिशत आए पछि हामी दुबै जना हर्षित भएका थियाै ।

जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेमा रोभिग अनमीका लागि परिक्षा दिदा एक नम्बरमा नाम निकाली होलियामा गर्भवती जाँच, सुत्केरी गराउने र परिवार नियोजन साधनबारे जानकारी दिने अवसर प्राप्त भएको थियो । मैले होलियामा काम गर्र्न सुरु गरे पछि त्यहाका महिलाहरु स्वास्थ्यप्रति अलि बढी सजग भएजस्तो लागेको थियो । गर्भ रहेदेखि नै नियमित स्वास्थ्य केन्द्रमा गएर जाँच गराउने, सुत्केरी हुने र पछि पनि जाँच गराउने क्रम बढेको थियो ।
म अहिले कार्यरत रहेको रग्दाको चौखामा पहाडी समुदायको बाहुल्य छ । सो समुदायका महिलाहरुमा पनि स्वास्थ्य संस्थामा आएर जाँच गराउने, सल्लाह लिने र सुत्केरी हुन पनि स्वास्थ्य केन्द्रमै आउनुपर्छ भन्ने चेतना बढन सुरु भएको छ ।
यति मात्र होइन, सन्तान पनि जन्मान्तर गरेर जन्माउनुपर्छ भन्ने सोचको विकास भएको छ। यहाँका धेरै महिला जन्मान्तरका लागि डिपो र पिल्सको प्रयोग गर्छन् । पछिल्लो समय भने नरप्लान्ट र आइयुसिडी प्रयोग गर्नेको संख्या पनि बढेको छ ।
यस क्षेत्रमा कण्डम प्रयोग गर्नेहरुको संख्या भने निकै कम छ । स्वास्थ्य केन्द्रबाट निकै कमले कण्डम लैजान्छन् । बाहिर मेडिकलबाट किनेर लैजाने चाहिँ हुन सक्छन् । यस विषयमा महिलाहरुसँग सोध्दा उनीहरुमध्ये धेरैको जवाफ हुन्छ, ‘श्रीमानले रक्सी खाएका हुन्छन, कण्डम प्रयोग गर्नै मान्दैनन् ।’
पुरुषहरुको यस्तै प्रवृत्तिका कारण यहाँ परिवार नियोजनका अस्थायी साधन प्रयोग गर्नेमा महिलाकै संख्या बढी छ।
हाम्रो स्वास्थ्य चौकीमा किशोर-किशोरीमैत्री सेवा पनि छ्, जहाँ विवाहित किशोर-किशोरी परामर्श लिन आउँछन् । अविवाहित किशोर-किशोरी भने खासै आउँदैनन् । किशोर-किशोरीले स्वास्थ्य तथा प्रजनन स्वास्थ्यबारे जानकारी लिन संकोच मान्ने प्रवृत्ति कायमै छ ।
स्थानीयहरुले स्वास्थ्य केन्द्रबाट सबै किसिमको उपचार सेवा खोज्ने भएकाले त्यस अनुसारको सेवा-सुविधा उपलब्ध गराउनुपर्ने देखिन्छ । जस्तैः स्वास्थ्य केन्द्रमै शल्यक्रियामार्फत सुत्केरी गराउनुपर्ने व्यवस्था हुन आवश्यक छ । कहिलेकाहीँ सुत्केरीहरु निकै जटिल अवस्थामा आइपुग्छन् । नजिकै अस्पताल र एम्बुलेनसको साधन समेत नभएको ठाँउ भएकोले उनीहरुलाई अर्को अस्पताल रिफर गर्दा र्पुयाउन ढिलो हुने खतरा हुन्छ। शल्यक्रियामार्फत सुत्केरी गराउने सेवा भविष्यमा सुरु होला भन्ने आशा छ।
सरकारले बल्ल त सबै स्वास्थ्य केन्द्रमा डाक्टरको व्यवस्था गरेको छ। हामीकहाँ पनि एक वर्षदेखि डाक्टर हुनुहुन्छ। गाउँमै डाक्टर पाएपछि स्थानीय निकै खुसी भएका छन्। यसबाट सानोतिनो उपचारका लागि धाएर शहर जानुपर्ने बाध्यता हटेको छ ।
मैले जागिर खाएपछि काखमा छोरीलाई च्यापेर विरामीहरुको उपचार गर्दै आएको छु । स्वास्थ्य सेवा नियमावली र निजामति कर्मचारी ऐनमा सुत्केरी महिला कर्मचारीलाई एक बर्ष सम्म दुर्गाम ठाँउमा दरबन्दी कायम गरिने छैन, कर्मचारीलाई सुबिधा हुने ठाँउ राख्ने व्यवस्था हुदा हुदै पनि स्थानिय निकाय,जिल्ला स्वास्थ्य कार्यालय र स्वास्थ्य मन्त्रालयलेसमेत खसै चासो देखाएको छैन् । त्यसमा पनि आफू जस्तै महिलाको सेवा गर्न पाउँदा र जानेका कुरा सिकाउन पाउँदा आनन्द लाग्छ । सुत्केरी महिलालाई घर नजिकै राखेर काममा लगाउने सरकारले निति लिन जरुरी छ । स्थानीय सरकार देखी केन्द्र सरकार समेत सुत्केरी कर्मचारी प्रति सम्बेधनशील नहुनु दुखद हो ।

  • २६ असार २०७५, मंगलवार १५:३३ प्रकाशित
  • Nabintech