नेपालगन्जमा धामि र रेग्मी माओेवादिबाट स्वतन्त्र उम्मेदवार
  • काँचुली खबर

बैशाख १३, बाँके / नेकपा (माओवादी केन्द्र) ले नेपालगन्ज उपमहानगरपालिकामा मेयर, उपमेयर सहित २३ वटै वडामा उम्मेदवार उठाएको छ । सत्तागठबन्धनमा रहेका दलका केन्द्रिय तहका नेताले नेपालगन्जमा तालमेल गर्ने सहमति गरे पनि माओवादी केन्द्रले मेयरमा टंक धामी र उपमेयरमा ताराकुमारी रोकायलाई उम्मेदवार बनाएको हाे । गठबन्धन दल भित्रका नेपाली काँग्रेस र जनता समाजबादी पार्टी (जसपा) ले मेयर र उपमेयरमा मात्र तालमेल गर्ने अडान लिएपछि माओवादी केन्द्रले मेयर र उपमेयरमा स्वतन्त्र उम्मेदवारी दिएको नेकपा (माओवादि केन्द्र) नेपालगन्जले जनाएकाे छ ।
  • १३ बैशाख २०७९, मंगलवार ०९:१४ प्रकाशित
  • Nabintech