नेपालगन्जको मेयरमा कांग्रेसबाट विष्ट उम्मेदवार
  • काँचुली खबर

११ वैशाख, बाँके। नेपालगन्ज उपमहानगरपालिकामा नेपाली कांग्रेसले प्रशान्त विष्टलाई मेयरको उम्मेदवार बनाएको छ । उनी नेपाली कांग्रेस नेपालगन्ज उपमहानगरपालिकाको सभापति हुन् ।

पार्टीको १४ औं महाधिवेशनमा विष्ट नगर सभापतिमा निर्वाचित भएका थिए । नेपालगन्ज नगर सभापतिमा उनको यो तेस्रो कार्यकाल हो । नेपाली कांग्रेस लुम्बिनी प्रदेशले आइतबार उम्मेदवार टुंगो लगाएको हो ।

टिकट लिन प्रतिस्पर्धामा विष्टसहित नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख एवं कांग्रेस नेतृ उमा थापा मगर, निर्वतमान जिल्ला उपसभापति सुनिल नरसिंह राणा र पार्टीका महासमिति सदस्य एवं २०७४ सालको निर्वाचनमा मेयरको उम्मेदवार बनेका डा. सुरेशकुमार कनोडिया अन्तिम प्रतिस्पर्धामा थिए ।

नेपालगन्ज उपमहानगरपालिकामा नेपाली कांग्रेसले नगर प्रमुख र जनता समाजवादी पार्टीले उपप्रमुख पाएका छन् । जसपाका तर्फबाट उपप्रमुखमा कमरुद्धिन राई चुनाव लड्दैछन् ।

शत्ता गठबन्धनको प्रमुख दल नेकपा (माओवादी) ले यसअघि नै नेपालगन्जमा एक्लै चुनाव लड्ने घोषणा गरीसकेको छ ।

  • ११ बैशाख २०७९, आईतवार २१:५१ प्रकाशित
  • Nabintech