नेपाल कम्युनिष्ट पाटी माओवादी केन्द्रका नेता एवं युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले गलत व्यक्ति नगर प्रमुखमा चुनिएर जाँदा कोहलपुरको बिकासले गती लिन नसकेको बताएका छन ।
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र कोहलपुर २ नं. वडा कमिटिले आयोजना गरेको पार्टी प्रशिक्षण कार्यक्रममा बोल्दै माओवादी केन्द्रका केन्द्रिय सदस्य समेत रहेका मन्त्री अथकले कोहलपुर पश्चिम नेपालमै सम्भावना बोकेको शहर भएको बताए । उनले अगामी स्थानीय तहको निर्वाचन मार्फत जुझारु युवा नेतृत्वलाई नगरपालिकाको जिम्मा दिन समेत आग्रह गरेका छन ।
मन्त्री अथकले आफ्नो कार्यकाल अझै १ वर्ष बाँकी रहेकाले युवा नेतृत्व कोहलपुर नगरपालिकामा निर्वाचित भए आफ्नो पार्टीको नेतृत्वमा रहेको भुमीसुधार मन्त्रालय मार्फत कोहलपुरका भुमिहीन सुकुम्वासी र अव्यवस्थीत वसोवासीलाई लालपुर्जा बितरण गर्ने बताए ।
आफ्नो मन्त्रालय मार्फत कोहलपुरमा नगर स्तरीय रंगशाला, कवर्डहल, अन्तराष्ट्रिय स्तरको क्रिकेट एकेडमी र क्रिकेट मैदान निर्माणको चरणमा रहेको समेत उनले जानकारी दिए ।
कार्यक्रममा माओवादी केन्द्रकी केन्द्रीय सदस्य एवं प्रदेश संसद उषा पुनले कोहलपुरको बिकासको लागी अधिकतम प्रयास गरिएको बताईन । कार्यक्रम बोल्दै माओवादी केन्द्रका मेयर पदका उम्मेदवार नरेन्द्र न्यौपानेले संघिय र प्रदेश सरकारको सहयोगमा माओवादी केन्द्रले थुप्रै बिकासको कामहरु गरेको बताए । उनले कोहलपुरमा विद्युत कार्यालय, ईलाका प्रशासन, नपि तथा मालपोत कार्यालय स्थापनाको नितीगत निर्णय भएको बताउँदै अवसर पाएमा कोहलपुरलाई नमुना नगरपालिका बनाउने बताए । उनले भ्रष्टाचार नियन्त्रण र सुसासन कायम गर्दै अगाडी बढ्ने प्रतिवद्धता समेत जनाए । साथै आगामी १ वर्ष भित्र भुमिहीन सुकुम्वासी र अब्यवस्थीत बसोवासीलाई जग्गाधनि प्रमाण पुर्जा बितरण गर्ने लगायतका काम गरिने बताए ।
२ बैशाख २०७९, शुक्रबार २०:२७ प्रकाशित