नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगर कमिटीद्वारा संचालित निर्वाचन लक्षित संगठन शुदृढ, विस्तार तथा जनपरिचालन अभियान अन्तर्गत शनिबार अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को नेपालगन्ज उपमहानगरपालिका कमिटी निर्माण गरेको छ ।
उपमहानगरका सम्पुर्ण वडामा महिला संघको वडा कमिटीहरु गठन पश्चात् शनिबार दोस्रो सम्मेलनबाट उपमहानगर कमिटी गठन गरिएको माओवादी केन्द्र नेपालगन्ज अध्यक्ष रतन शाहीले जानकारी दिए ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378

दोस्रो सम्मेलनबाट मिना डाँगीको नेतृत्वमा उपाध्यक्ष मञ्जु ज्ञवाली र सीमा कसौधन वैश्य सचिवमा ईश्वरी रावत सहसचिवमा गुन्जु राना र साइमा शेषसहित ५१ सदस्य कमिटी गठन गरिएको छ । जसमध्ये, एउटा उपाध्यक्ष र कोषाध्यक्षसहित १३ जना पछि मनोनीत गरिने अध्यक्ष शाहीले जानकारी दिए ।
सम्मेलनलाई संविधानसभा सदस्य तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य अञ्जना चौधरी, लुबिनी प्रदेश सदस्य नवीन शर्मा, जिल्ला समन्वय सदस्य उषा बिक, नगर अध्यक्ष रतन शाही, उपाध्यक्ष वसन्त मल्ल, सचिव प्रेम शाह सहसचिव नन्दलाल वैश्य लगायतले सम्बोधन गरेका थिए ।


२८ फाल्गुन २०७८, शनिबार २०:०० प्रकाशित