नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले आगामी स्थानीय निर्वाचनमा माओवादी एक्लै प्रतिष्पर्धा गर्न सक्षम रहेको बताएका छन ।
कर्णाली प्रदेशको पार्टी प्रशिक्षण सकेर काठमाण्डौ जाने क्रममा बाँकेको कोहलपुरमा आयोजित कार्यकर्ता भेटघाटमा बोल्दै प्रचण्डले यस्तो बताएका हुन ।
उनले माओवादी आफ्नै खुट्टामा उभिन सक्षम रहेकाले गठबन्धन वा सहकार्य आवश्यक नभएको बताए । उनले युद्धकालमा जस्तै कमाण्ड र योजना बनाएर गाउँ गाँउमा जनतालाई प्रशिक्षित गर्न समेत निर्देशन दिए ।
गणतन्त्र, संघियता, धर्मनिरपेक्षता र समानुपातिक समावेशी प्रतिनिधीत्व माओवादी योगदान भएकाले यसको महत्व जनतालाई बुझाउन आग्रह गर्दै प्रचण्डले लोडसेडिङको अत्यन्त लगायत माओवादीका सकारात्मक कामको पनि प्रचार गर्न नेता कार्यकर्तालाई निर्देशन दिए ।
उनले पार्टीको आठौ महाअधिबेशनले समाजवाद निर्माणको आधार तयार पारेको भन्दै सोही आधारमा पार्टी अगाडी बढ्ने जिकिर गरे ।
उनले स्वदेशी उत्पादनलाई बढावा दिदै आत्म निर्भर अर्थतन्त्र बिकास गरि उत्पादन, रुपान्तर र सांस्कृतीक अभियान सञ्चालन गरिने बताए । एमसीसी व्याख्यात्क टिप्पणी अमेरीकाले स्विकार गरेकाले आफुले उठाउदै आएको संसोधन सहितको एमसीस पास गर्ने एजेण्डा सफल भएको प्रचण्डले दावी गरे ।
सोहि कार्यक्रमममा बिभिन्न पार्टी परित्याग गरी ३ दर्जन बढि माओवादी केन्द्रमा प्रवेश गरेका थिए । कोहलपुर नगरपालिका वडा नं. ३, कोहलपुर २ र कोहलुर १४ का तिन दर्जन बढि माओवादी केन्द्रमा प्रबेश गरेका हुन ।
२७ फाल्गुन २०७८, शुक्रबार १९:५९ प्रकाशित