युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले पोखरा रंगशालाको स्थलगत निरिक्षण गरेका छन । बिहिबार मन्त्रालयका सचिव डा. दामोदर रेग्मीसहित पोखरा पुग्नुभएका मन्त्री अथकले रंगशाला परिसरमा रहेका खेल पुर्वाधारहरुको स्थलगत निरिक्षण गरेका हुन ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता संचालनकालागि आवश्यक तयारीका सन्दर्भमा जानकारी लिन पोखरा पुगेका मन्त्री अथकले प्रतियोगिताको मिति तय गर्नेबारे छलफल भईरहेको बताए । “आगामी जेठ दोस्रो साताभित्रै प्रतियोगिता सम्पन्न गर्ने बारे सोचिरहेका छौं”, मन्त्री अथकले भने “चैत्रमा विद्यालयस्तरीय परिक्षा संचालन हुने तथा बैशाखमा स्थानिय तहको निर्वाचन हुने भएकाले निर्वाचन लगत्तै प्रतियोगिता संचालन गर्ने गरी छलफल भईरहेको छ ।” उनले आगामी जेठभित्रै प्रतियोगिता गर्नुपर्ने भएकाले आवश्यक तयारी थाल्न राष्ट्रिय खेलकुद परिषदलाई निर्देशन समेत दिएका छन ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378

रंगशालाको निरिक्षणका क्रममा पौडी र सुटिङ्ग बाहेका सबै खेलहरु रंगशाला हाताभित्रै संचालन गर्न सम्भव देखिएको मन्त्री अथकले बताए । निर्माणाधिन अवस्थामा रहेको पौडी पोखरी निर्माण सम्पन्न हुन अझैं केही समय लाग्ने बताउँदै मन्त्री अथकले वैकल्पीक उपाय खोजेर भएपनि पौडी सहितका सबै खेलहरु पोखरामै संचालन गरीने बताए । सुटिङ्गका खेलहरु भने काठमाण्डौंमै संचालन गर्ने तयारी गरीएको उनले जानकारी दिए । पोखरामा सबै प्रकारका खेलहरु खेल्न मिल्ने संरचनाहरु तयारी अवस्थामा रहेकाले प्रतियोगिता संचालनकालागि कुनै समस्या नहुने मन्त्री अथकको भनाई थियो ।

यद्यपी प्रतियोगिताकालागि स्थानियस्तरबाटै खेलाडीहरु छनोट भएर आउनुपर्ने भएकाले तत्काल पालिका तथा प्रदेशस्तरका प्रतियोगिताहरु संचालन गर्न मन्त्री अथकले निर्देशन दिए । कोरोनाका कारण पालिका तथा प्रदेशस्तरका खेल गतिविधिहरु चलायमान हुन नसक्दा समयमै राष्ट्रिय प्रतियोगिता संचालन गर्न नसकिएको बताउँदै मन्त्री अथकले तत्काल पालिका तथा प्रदेशस्तरका प्रतियोगिताहरु संचालन गर्न निर्देशन दिएका हुन ।

प्रतियोगिता संचालनकालागि यसअघि नै गण्डकी प्रदेशको राजधानी पोखरालाई चयन गरीएको थियो । पर्यटकीय राजधानी पोखरामा राष्ट्रिय प्रतियोगिता संचालन गर्दा त्यहाँको पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने उल्लेख गर्दै मन्त्री अथकले खेल क्षेत्रलाई पर्यटन उद्योगका रुपमा विकास गर्न आवश्यक रहेको बताए ।

अनुगमनमा युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मी, राष्ट्रिय खेलकुद परिषद (राखेप) का निमित्त सदस्य सचिव कुल बहादुर थापा लगाएत सहभागी भएका थिए ।












२७ फाल्गुन २०७८, शुक्रबार १६:५४ प्रकाशित