बाँके प्रहरीले भारतबाट भन्सार छली गरी नेपाल ल्याउदै गरेका विभिन्न अबैध सामग्रीहरु बरामद गरेको छ ।
भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपालतर्फ ल्याउदै गरेका विभिन्न अबैध सामग्रीहरु नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १५ बाट बरामद गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले विभिन्न लत्ताकपडा तथा पानीको धारा सम्बन्धिका अन्दाजी १ लाख ३३ हजार ७ सय ६० रुपैयाँ बराबरको अबैध सामानहरु बरामद गरी आवश्यक कारबाहीकालागि नेपालगन्ज भन्सार कार्यालय पठाएको प्रहरीले जनाएको छ ।
२४ माघ २०७८, सोमबार १८:५१ प्रकाशित