हेभी इक्विपमेन्ट व्यवसायी संघ बाँकेले बाँकेको राप्तिसोनारीमा स्काभेटर जनाउनेलाई कारबाहीको माग गरेको छ । गत माघ १८ गते राती १० बजेको समयमा राप्तिसोनारीमा अज्ञात समुहले स्काभेटर जलाइएको घटनाप्रति संघले खेद प्रकट गर्दै सो समूहको खोजी गरी तत्काल कारबाहीको दायरामा ल्याउन माग गरेको हो । हेभी इक्विपमेन्ट व्यवसायी संघ बाँकेका अध्यक्ष चक्रपाणी शर्माले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै कारबाहीको माग गरेका हुन् ।
राप्तिसोनारी गाउँपालिका-२ मसुरी बगरको लामाचौरमा राष्ट्रमुखी निर्माण सेवाका प्रोप्राईटर गौरव रावलले नियम संगत राजस्व रकम तिरी स्टक गरी राखेको नदीजन्य पदार्थ राप्तिसोनारी गाउँपालिकाबाट स्टक प्रमाणित समेत गराई उठाई लैजाने प्रयोजनका लागि पार्किङ गरी राखिएको भे १ क ११११ नम्बरको स्काभेटरमा अज्ञात समूहले आगजनी गरेको थियो ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
शर्माद्वारा जारी विज्ञप्तिमा ‘कानुनी शासनलाई चुनौती दिदै गरिएका यस्ता अराजक जघन्य अपराधमा संलग्न जो सुकै व्यक्ति वा समुहमाथि आवश्यक अनुसन्धान गरी तत्काल नियन्त्रणमा लिई कानुनी दायरामा ल्याई कडा भन्दा कडा कारबाही गर्नका लागि सम्बन्धित निकाय समक्ष जोडदार माग गर्दछ । साथै उक्त आगजनीबाट भएको क्षतिको उचित मूल्याकंन गरी क्षतिपूर्ति दिन समेत माग गर्दछौं ।’ भनिएको छ ।

स्काईभेटर जलाउनेको खोजी गरी कारबाही गर्न काँग्रेस बाँके क्षेत्र नम्बर १ को माग
२३ माघ २०७८, आईतवार ०९:०९ प्रकाशित