८ बैशाख २०८१, शनिबार
भेरी नदीमा ट्याक्टर खस्दा दुईजना बेपत्ता
  • काँचुली खबर

फाईल तस्बिर ।

 

जाजरकोटको छेडागाड नगरपालिका-१३ दमाचौरमा ट्र्याक्टर दुर्घटना हुँदा नदीमा परेर दुईजना बेपत्ता भएका छन् । भेरी नगरपालिका–१२ कुदुबाट छेडाचौरतर्फ जाँदै गरेको भे३त १४९५ नंको ट्र्याक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटको सञ्चार शाखाले जानकारी दिएको छ ।

प्रहरीका अनुसार ट्र्याक्टर सडकबाट अन्दाजी ५५ मिटर तल भेरी नदीमा खसेको थियो । सोमबार बेलुकी साढे ६ बजेतिर ट्र्याक्टर दुर्घटनामा परेको शाखाको भनाइ छ । स्थानीयवासीका अनुसार सडकबाट ट्र्याक्टर खसेको थियो ।

दुर्घटनास्थलमा ट्र्याक्टरसमेत भेटिएको छ । ट्र्याक्टर धनीका अनुसार चालक र सहचालक सवार रहेका थिए । चालक र सहचालक बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । घटनाका विषयमा प्रहरी टोली सोही ठाउँमा खटिई अनुसन्धान गरिरहेको छ । रासस

  • ११ माघ २०७८, मंगलवार २२:०० प्रकाशित
  • Nabintech