नेकपा (माओवादी केन्द्र)ले परिणाम देखिने गरी निर्वाचनमा लाग्ने निर्णय गरेको छ । पार्टी अध्यक्षको निवास खुमलटारमा पूर्व स्थायी समितिका उपलब्ध सदस्यहरु र प्रदेश इन्चार्जहरुको आज बसेको अनौपचारिक बैठकले परिणाम देखिने गरी निर्वाचनमा होमिने निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले जारी गरेको प्रेस नोटमा जानकारी दिइएको हो ।
वक्तव्यमा भनिएको छ, ‘बैठकमा पार्टी अध्यक्ष क. पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समसामयिक राजनीतिक परिस्थिति र स्थानीय चुनावमा सत्ता गठबन्धनमा भएको तालमेल सम्वन्धी छलफलका विषयमा जानकारी गराउनु भयो । बैठकमा गठबन्धनमा सहभागी सबै राजनीतिक दललाई एकतावद्ध बनाएर चुनावमा केन्द्रीत गर्न पार्टीको तर्फबाट अधिकतम पहल गर्ने तथा परिणाम देखिने गरी चुनावमा सिंगो पार्टी पंक्तिलाई केन्द्रित गर्ने विषयमा छलफल भयो ।’
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
स्थानीय चुनाव नजिकिएसँगै देशव्यापी रुपमा विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा पार्टी प्रवेशको लहर बढेको छ । स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेशको लहर बढेको चर्चा गर्दै बैठकमा एकता प्रक्रियामा आउने कमरेडहरुलाई जिम्मेवारी दिने र प्रक्रियागत रुपमा व्यवस्थित गर्ने निर्णय गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ । साथै पार्टी प्रवेश गर्ने सबैको राजनीतिक पृष्ठभूमि र योगदानको मूल्याङ्कन गरी उचित भूमिका दिने सम्बन्धमा मापदण्ड बनाउने निर्णय गरिएको छ ।
२ बैशाख २०७९, शुक्रबार २०:४९ प्रकाशित