प्युठान जिल्लाबाट बाँके जिल्लामा आई स्थायी अस्थायी रुपमा बसोबास गर्दै आएका प्युठानीहरुलाई एकैथलोमा संगठित गरी छरिएको जनशक्तिलाई संस्थागत रुपमा परिचालित गरी भाइचारा सम्बन्ध कायम गर्दै समाजसेवामा अग्रसर बन्ने उद्देश्यले बर्षौं पहिले गठन गरिएको प्युठानीहरुको साझा संस्था ‘प्युठानी समाज, बाँके’ धेरै बर्षपछि जागेको छ ।
प्युठानी समाज बाँके झन्डै १८ बर्षपछि कृयाशिल भएको हो । समाजले शनिवार नेपालगन्जमा १८ बर्षपछि एकआपसमा भेटघाट कार्यक्रमको आयोजना गर्यो । समाजले भेटघाट तथा परिचयात्मक कार्यक्रम मार्फत नयाँ वर्ष २०७९ सालको अवसरमा ‘शुभकामना आदानप्रदान’ कार्यक्रम राखेको हो । शुभकामना आदानप्रदान कार्यक्रममा नेपालगन्ज र आसपास क्षेत्रमा बसोबास गर्दै आइरहेका प्युठानीहरु भेला भएका थिए ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
कार्यक्रममा समाजका संस्थापक अध्यक्ष मधुसूदन शर्मा रिजाल, सदस्यहरू शान्ता आचार्य, कृष्ण अधिकारी, जेन्टिल गौतम, पुराना अगुवा कृष्णमान श्रेष्ठ, नयाँ पुस्ताका युवा गेहराज रिजाल (नवीन शर्मा) लगायतले शुभकामना व्यक्त गरेका थिए ।

वक्ताहरूले समाजलाई राजनीति गर्ने थलो नभई शुद्ध सामाजिक कार्य गर्ने थलोको रुपमा बिकास गर्नुपर्नेमा जोड दिएका थिए । उनिहरुले अब समाजलाई कृयाशिल बनाएर अगाडि बढाउनु पर्ने बताए । आइरहेको स्थानिय निर्वाचन पश्चात् समाजको भेला आयोजना गरी नयाँ कार्यसमिति बनाएर अगाडि बढ्ने धारणा राखेका थिए । समाजका अध्यक्ष गुणेन्द्र बहादुर क्षेत्री सुवेदीको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रम वरिष्ठ सन्चारकर्मी तथा चर्चित लोक गायक कमल बिके निर्मोहीले संचालन गरेका थिए ।
यस्तो छ प्युठानी समाज, बाँकेको इतिहास:
प्युठान जिल्लाबाट बाँके जिल्लामा आई स्थायी अस्थायी रुपमा बसोबास गर्दै आएका प्युठानीहरुलाई एकैथलोमा संगठित गरी छरिएको जनशक्तिलाई संस्थागत रुपमा परिचालित गरी भाइचारा सम्बन्ध कायम गर्दै समाजसेवामा अग्रसर बन्ने उद्देश्यले २०५०/०५१ साल भन्दा अगाडि नै प्युठानीहरु एकत्रित हुन खोजेको पाइएको छ ।
२०५०/०५१ साल भन्दा अगाडि नै प्युठानी भेलाको आयोजना गरिएको पाइएपनि प्युठानी समाज गठन गर्ने उद्देश्यले औपचारिक रुपमा २०५६ सालमा महेन्द्र पुस्तकालयमा आफ्नो संयोजकत्वमा ५ सदस्यीय भेला आयोजक समिती गठन गरिएको मधुसूदन शर्मा रिजालले जानकारी दिए ।
सो भेलाले मधुसूदन शर्मा रिजालको संयोजकत्वमा स्व. दामोदर आचार्य, गोपाल केसी, सुर्य बोहरा र कृष्ण अधिकारी सदस्य रहेको भेला आयोजक समिती गठन भएको थियो ।
आयोजक समितिले २०५६ साल चैत १२ गते तत्कालीन नेपालगन्ज नगरपालिकाको सभाकक्षमा भेलाको आयोजना गर्यो र भेलाले मधुसूदन शर्मा रिजालको अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिति गठन गर्यो ।

समितिको सदस्यमा मदन केसी, वामदेव अधिकारी, गोपाल केसी, प्रकाश जंग राणा, शान्ता आचार्य, सुर्य बोहरा, जगन्नाथ प्रसाद श्रेष्ठ, स्व. दामोदर आचार्य, निवेदन वैद्य र कृष्ण अधिकारी रहेका थिए । भने सल्लाहकार समितीमा स्व. उत्तर कुमार श्रेष्ठ, वेदनिधी शर्मा अधिकारी, स्व. मधुसूदन सुवेदी, कर्ण बहादुर केके र गुणेन्द्र बहादुर क्षेत्री सुवेदी चयन भएका थिए ।
तत्पश्चात २०५८ साल श्रावण १३ गते प्युठानी समाज, बाँकेको तत्कालीन नेपालगन्ज नगरपालिकाको नगरभवनमा पहिलो साधारणसभाको आयोजना गरिएको थियो । सो साधारणसभाले गुणेन्द्र बहादुर क्षेत्री सुबेदीको अध्यक्षतामा पहिलो कार्यसमिति गठन गरेको थियो ।
समितिको उपाध्यक्षमा स्व. दामोदर आचार्य, सचिवमा सुर्य बोहरा, कोषाध्यक्षमा कृष्ण प्रसाद श्रेष्ठ र सदस्यहरुमा मधुसूदन शर्मा रिजाल, स्व. कल्पना सुवेदी, मदन केसी, गोपाल केसी, रत्नलाल श्रेष्ठ, जेन्टिल गौतम र कृष्ण अधिकारीलाई चयन गरेको थियो । समितिको सल्लाहकारमा स्व. उत्तर कुमार श्रेष्ठ, स्व. चेतबहादुर थापा, बेदनिधी शर्मा, शान्ता आचार्य, जगन्नाथ प्रसाद श्रेष्ठ, प्रकाश जंग राणा र ठाकुर प्रसाद सुवेदी रहेका थिए ।
२०५८ सालमा गठित उक्त कार्यसमितिले तत्कालीन समयमा विभिन्न सामाजिक कार्यहरु पनि गरेको थियो । नयाँ वर्ष २०६१ सालको अवसर पारेर क्यालेन्डर तथा समाजका साधारण सदस्यहरुको सम्पुर्ण बिबरणसहितको हाते पुस्तक समेत प्रकाशित गरेको थियो । २०६१ सालदेखि हालसम्म झन्डै १८ बर्षपछि आज सो कार्यसमितिले भेटघाट तथा नयाँ बर्षको अवसर पारेर शुभकामना आदानप्रदान कार्यक्रम मार्फत पुनः ब्युतिएको हो ।

२६ चैत्र २०७८, शनिबार २०:०३ प्रकाशित