अपराजित हुदै नेपाल बन्यो ‘च्याम्पियन’
  • काँचुली खबर

दीपेन्द्र सिंह ऐरीले सानदार अलराउण्ड प्रदर्शन गरेपछि नेपालले अपराजित रहेर त्रिकोणात्मक टी-२० श्रृंखलाको उपाधि जितेको छ । सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको फाइनलमा नेपालले पपुवा न्यू गिनी ९पीएनजी० लाई ५० रनले पराजित गर्दै च्याम्पियन बनेको हो ।

२१ वर्षीय कप्तान सन्दीप लामिछानेले टिमको कमान्ड सम्हालेपछि नेपालले जितेको यो पहिलो श्रृंखला हो । नेपाल, पीएनजी र मलेसिया सम्मिलित श्रृंखलामा नेपालले खेलेको सबै ५ खेल जित्यो ।

गत साता पीएनजी विरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय श्रृंखला गुमाएको नेपालले टी-२० श्रृंखला जित्दै त्यसको बदला समेत लियो ।

फाइनलमा दीपेन्द्रले ब्याट र बल दुवैमा उत्कृष्ट प्रदर्शन गरे । दीपेन्द्रले अविजित ५४ रन बनाएपछि नेपालले टस हारेर पहिले ब्याटिङ गर्दै १६८ रन बनाएको थियो । दीपेन्द्रले ४ विकेट लिएपछि पीएनजी १६.१ ओभरमा ११८ रनमा अलआउट भयो । दीपेन्द्र प्लेअर अफ दी सिरिज घोषित भए ।

दीपेन्द्रले टी-२० श्रृंखलामा एक शतक र दुई अर्धशतक प्रहार गरे । यस श्रृंखलामा नेपालका विकेटकिपर ब्याट्सम्यान दीलिप नाथ र अलराउण्डर आदिल अन्सारीले डेब्यु गरे ।

  • २१ चैत्र २०७८, सोमबार २०:२३ प्रकाशित
  • Nabintech