चितवनको भरतपुर महानगरपालिकामा लालपूर्जा वितरण
  • काँचुली खबर

भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले चितवनको भरतपुर महानगरपालिकाको गाउँब्लकमा रहेका भूमि विहिनहरुलाई आज जग्गा धनी दर्ता प्रमाण पूूर्जा (लालपूर्जा) वितरण गरेकी छन ।

भरतपुर महानगरपालिकाको वडा नं. २९ को गाउँब्लकमा रहेका भूमिविहिनहरुलाई लालपूर्जा वितरण गर्दै मन्त्री श्रेष्ठले गाउँब्लकको जमिनको लाल पूर्जा दिने कामलाई मन्न्त्रालयले पहिलो प्राथमिकतामा राखेर गरिरहेको बताईन ।

वर्गीकृत विज्ञापन

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

उहाँले आगामी आर्थिक वर्षसम्ममा गाउँब्लकमा रहेका सबै भूमिहिनलाई लालपूर्जा वितरण गरिसक्ने गरी काम अगाडी बढाइएको भन्दै देशभित्र रहेका जग्गा सम्बन्धी सम्पूर्ण समस्या पनि एक वर्षभित्र समाधान गरिसक्ने गरी योजना बनाएर मन्त्रालय अगाडी बढ्न लागेको बताईन ।

राष्ट्रिय भूमि आयोग मार्फत भूमिहिन दलित र भूमिहिन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थीत बसोबासीको समस्या समाधान गर्ने काम सरकारको उच्च प्राथमिकतामा रहेको भन्दै मन्त्री श्रेष्ठले समिति र आयोग मात्रै गठन गर्ने र काम नगर्ने प्रवृत्ति पनि अव अन्त्य गर्ने गरी काम भइरहेको पनि बताईन ।

वास्तविक सुकुम्वासीले मात्रै जग्गा पाउन र गैरसुकुम्बासीले जग्गा नपाउन भन्नेमा सचेत बन्न जनता र जनप्रतिनिधिहरुलाई मन्त्री श्रेष्ठले आग्रह समेत गरीन ।

मन्त्री श्रेष्ठले यसअघि महोत्तरीको रामगोपालपुर, सप्तरी, धनुुषा, सुनसरी, चितवनको इच्छा कामना गाउँपालिका, काठमाडौंको किर्तिपुर नगरपालिका, भक्तपुको मध्यपुर ठिमि नगरपालिका र तनहुको बन्दीपुर गाउँपालिकाको गाउँब्लकमा रहेका भूूमि विहिनहरुलाई लालपूर्जा वितरण गरीसकेकी छन ।

२०२१ साल यता जग्गाको नापी हुँदा गाउँब्लकका रुपमा राखिएका र विभिन्न समयमा जग्गा नापी भएर पनि लालपूर्जा विहिन बनिरहेकाहरुको लालपुुर्जा वितरण कार्यलाई पहिलो प्राथमिकतामा राखेर मन्त्रालयले अभियानलाइ तिब्र बनाएको छ ।

  • १० चैत्र २०७८, बिहीबार १८:३५ प्रकाशित
  • Nabintech