नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले विद्यालयको नवनिर्मित भवनको उद्घाटन गरेका छन । शनिबार बाँके पुगेका मन्त्री अथकले कोहलपुर नगरपालिका वडा नं. १२ चप्परगौंडीमा रहेको ज्ञानज्योति माध्यामिक विद्यालयको नवनिर्मित भवनको आईतबार एक समारोहका बिच उद्घाटन गरेका हुन ।
विद्यालयको ३७औं वार्षिक उत्सव समारोहमा सहभागी हुन कोहलपुर पुगेका मन्त्री अथकले विद्यालय भवनको उद्घाटन गर्दै सबै सामुदायीक विद्यालयहरु खेलमैत्री हुनुपर्ने बताए । नेपाल सरकारले सामुदायिक विद्यालय सुधारकालागि विभिन्न योजनाहरु लागु गरेको उल्लेख गर्दै मन्त्री अथकले शैक्षिक सुधारकालागि शिक्षक तथा अभिभावकहरु समेत जागरुक हुनुपर्ने बताए ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
सामुदायिक विद्यालयहरुले खेलकुदको विकासकालागि अहम भुमिका निर्वाह गर्नुपर्ने बताउँदै मन्त्री अथकले भने, “हाम्रा प्राय सबै समुदायिक विद्यालयहरु खेलमैत्री छन । संस्थागत भन्दा सामुदायिक विद्यालयहरुको आफ्नै खेल मैदान प्रयाप्त छन, त्यसको सदुपयोग गर्दै खेल क्षेत्रको विकासमा सामुदायिक विद्यालयहरुले अहम भुमिका निर्वाह गर्नुपर्छ ।”
विद्यालयका प्रधानाध्यापक विनोद लम्सालले शिक्षा मन्त्रालयको विद्यालय क्षेत्र सुधार योजना अन्तर्गत ४० लाख लागतमा बनेको ४ कोठाको विद्यालय भवन निर्माण गरीएको जानकारी दिए ।
कार्यक्रमा कोहलपुर नगरपालिकाका मेयर लुट वहादुर रावतले सवै सामुदायिक विद्यालयहरुले शैक्षिक सुधारका साथै प्रविधिक शिक्षा तर्फ ध्यान दिनुपर्ने अहिलेको आवश्यकता भएको बताए ।कार्यक्रमा शिक्षा विकास तथा समन्वय ईकाई बाँकेका प्रमुख राम सुरेश यादव, कोहलपुर नगरपालिका समाजिक विकास संयोजक नारायणी ओली, कोहलपुर शिक्षा प्रमुख रविलाल मिजार लगाएको उपस्थिती रहेको थियो ।
७ चैत्र २०७८, सोमबार ०९:०७ प्रकाशित