नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष दामोदर आचार्यको निधन भएको छ । क्यान्सर रोगसँग लडिरहेका ५९ वर्षीय आचार्यको शनिबार बिहान भेरी अस्पतालमा निधन भएको हो ।
नेकपा (माओवादी केन्द्र) का लुम्बिनी प्रदेश सदस्य समेत रहेका आचार्य नेपाल उद्योग वाणिज्य संघको पूर्वकेन्द्रीय सदस्य समेत हुन् ।
क्यान्सरसँग जुध्दै आएका आचार्य लामो समय भारतको दिल्लीमा उपचार गराएर नेपाल फर्किएका थिए । स्वास्थ्यमा सुधार भएपछि नेपालगन्जस्थित घरमै स्वास्थ्यलाभ गरिरहेका आचार्य फेरि बिरामी परेका थिए ।
शनिबार युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक), अर्थ मन्त्री जनार्दन शर्मा (प्रभाकर) लगाएत नेता कार्यकर्ताहरु नेपालगन्ज पुगेर स्व. आचार्यप्रति श्रद्धाञ्जली अर्पण गरेका छन । आचार्यको शवलाई आजै राप्ती नदिमा दाहसंस्कार गर्ने तयारी गरीएको छ ।
५ चैत्र २०७८, शनिबार १६:५१ प्रकाशित