अधिवेशन सकिएको करीब ४ महिनापछि नेकपा (माओवादी केन्द्र) को लुम्बिनी प्रदेश समितिले नेतृत्वको टुंगो लगाएको छ ।
प्रदेश समितिको पहिलो बैठकले पदाधिकारी चयन गरेको हो ।
बैठकले लुम्बिनी प्रदेश समितिको अध्यक्षमा सुदर्शन बराललाई सर्वसम्मत चयन गरेको छ । त्यसैगरी समितिको उपाध्यक्षमा दुर्गा बहादुर थारु, लुमाकान्त न्यौपाने र बहादुर खत्री चयन भएका छन् ।
सचिवमा कृष्ण अधिकारी, सहसचिवमा अकलबहादुर बम, पार्वती विक, काशिराम यादव र कोषाध्यक्षमा निर्दोष वली चयन भएका छन् ।
बैठकले कार्यालय सचिवको जिम्मेवारी रामानन्द यादवलाई दिएको छ ।
२ चैत्र २०७८, बुधबार १८:४३ प्रकाशित