माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका नेता कार्यकर्ता पुरानै घरमा फर्किन थालेका छन् । गत स्थानीय तहको निर्वाचनमा एमालेले जितेका ठाउँहरुमा विभिन्न प्रलोभन देखाई एमाले प्रवेश गराईएका नेता/कार्यकर्ता पुनः माओवादी केन्द्रमा फर्किने क्रम चलेको हो ।
गत हप्ता सरुमारानी गाउँलाई खानेपानी, सडकको वैठक भनी एमाले प्रवेश गराइएको भनिएकोमा उनीहरु आक्रोस सहित माओवादी केन्द्रमै रहेको र आफ्नो वर्गको पार्टी माओवादी बाहेक अर्को हुनै नसक्ने बताएका थिए । त्यसै गरी नौबहिनी गाउँपालिका-५ डाम्रीमा पनि सोही घटना दोहोरिएको छ । गत हप्ता माओवादीबाट एमाले प्रवेश गरेका सबै माओवादी केन्द्रमै फर्किएका छन । नौबहिनी गाउँपालिका ५ दल बहादुर खड्काले एक प्रेस विज्ञप्ति निकाल्दै आफुहरु पुन माओवादी मै फर्किएको बताएका हुन
।
यसैबिच एमालेमा एकता प्रक्रियाको भंगता पछि एमालेको प्रदेश नेता बनेका नेताहरु पनि माओवादीमा फर्किएका छन् ।
१ चैत्र २०७८, मंगलवार १३:४९ प्रकाशित