नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको भातृ संगठन थारु राष्ट्रिय मुक्तिमोर्चा नेपाल, राप्तीसोनारी बाँकेको अध्यक्षमा रिसबहादुर थारु निर्वाचित भएका छन ।
राप्तीसोनारी ६ सहिद स्मृति पार्कमा बिहिवार सम्पन्न भएको थारु मुक्तिमोर्चाको गाउँपालिका स्तरीय प्रथम सम्मेलनबाट रिसबहादुर थारुको अध्यक्षतामा २५ सदस्यीय पालिका समिती निर्माण भएको माओवादी राप्तिसोनारीका सचिब सुर्यप्रकाश घर्तीमगरले जानकारी दिए ।
त्यसैगरी, उपाध्यक्षमा जीतबहादुर थारु, सचिबमा सुन्दरलाल थारु, सहसचिबमा लालबहादुर थारु र कोषाध्यक्षमा जीतबहादुर थारु चयन भएको उनले बताए ।
कार्यक्रमलाई माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्य तथा जिल्ला संयोजक आईपी खरेल, प्रदेश सदस्य अमर खड्का, पटटु थारु, मन्जु रोकाय, गाउँपालिका अध्यक्ष चिमबहादुर घर्ती लगायतले सम्बोधन गरेका थिए ।
२६ फाल्गुन २०७८, बिहीबार १८:१८ प्रकाशित