नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगर कमिटीले आउँदै गरेको स्थानीय निर्वाचनलाई लक्षित गरेर नगरका २३ वटै वडामा संगठन सुदृढ बिस्तार तथा जनपरिचालन अभियान तीब्र पारेको छ । सबै वडाका टोलटोलमा अभियान पुर्याउने माओवादीले जनाएको छ ।
उपमहानगरका २३ वटै वडामा संगठन सुदृढ बिस्तार तथा जनपरिचालन अभियानका लागि माओवादी नेपालगन्जले विभिन्न ३ वटा टोली परिचालित गरेको छ । पार्टीको उपमहानगर कमिटीका उपाध्यक्ष बसन्त मल्ल, तारा प्रसाद खत्री र गोपाल पुनको नेतृत्वमा तीनवटा टोली परिचालित गरिएको छ ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378

अभियान अन्तर्गत शनिबार ताराप्रसाद खत्री (प्रमेस)को नेतृत्वमा रहेको टोलीले नेपालगन्जको ११ नम्बर वडामा वडा भेला गरेको वडा अध्यक्ष नन्दकिसोर काहारले जानकारी दिए । निर्वाचन लक्षित अभियान वडाको टोटोलमा पुर्याइने अध्यक्ष काहारले बताए ।
भेलाले ११ नम्बर वडामा मुश्लिम मुक्ती मोर्चा र मधेसी मुक्ति मोर्चा गरी दुईवटा समिती गठन गरेको अध्यक्ष काहारले बताए । साहिद अलि शेषको अध्यक्षतामा ११ सदस्यीय मुश्लिम मुक्ती मोर्चा गठन गरिएको छ त्यसैगरी, राजन कश्यपको अध्यक्षतामा ११ सदस्यीय मधेसी मुक्ति मोर्चा गठन गरिएको उनले जानकारी दिए ।
अभियानलाई नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्य अकलबहादुर बम, गेहराज रिजाल (नबिन शर्मा), माओवादी नेपालगन्ज उपमहानगर कमिटी अध्यक्ष रतनबहादुर शाही, जिल्ला समन्वय समिति सदस्य आदेश अग्रवाल, उपाध्यक्ष वसन्त मल्ल, ताराप्रसाद खत्री, कोषाध्यक्ष कश्मिरा खातुन, सहसचिव नन्दलाल वैश्य, महिला नेतृ कलामुद्दिन अन्सारी, मन्दिरा पाण्डे, मिना डाँगी लगायतले सम्बोधन गरेका थिए ।

२१ फाल्गुन २०७८, शनिबार १५:३८ प्रकाशित