माओवादी नेपालगन्जले निर्वाचन लक्षित अध्ययन, विश्लेषण तथा जनमत सर्वेक्षण गर्ने
  • काँचुली खबर

नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगर कमिटीले आसन्न स्थानीय निर्वाचनलाई मध्यनजर गर्दै नगरभित्रका सम्पुर्ण वडाहरुमा अध्ययन, विश्लेषण तथा जनमत सर्वेक्षण गर्ने भएको छ ।

जसकालागि शसिराम कार्की र खगेश्वर अधिकारी संयोजक रहने गरी दुईवटा समिती निर्माण गर्ने माओवादी नेपालगन्ज उपमहानगर कमिटीले निर्णय गरेको छ ।

वर्गीकृत विज्ञापन

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

बुधबार बसेको माओवादी नेपालगन्ज उपमहानगर कमिटीको विस्तारित बैठकले यस्तो निर्णय गरेको नगर अध्यक्ष रतन शाहीले जानकारी दिए । नगरभित्र आफ्नो पार्टी तथा अन्य पार्टीको राजनैतिक अवस्था र पोजिसनका बारेमा जनमत बुझ्न तथा सोही अनुसार निर्वाचन लक्षित रणनीति तैयार पार्न यस्तो निर्णय गरिएको शाहीले बताए ।

शाहीका अनुसार बैठकले उपमहानगरभित्रका जनबर्गिय संगठनका केन्द्रिय सदस्य, जिल्ला अध्यक्ष तथा पार्टीको उपमहानगर कमिटीका अध्यक्षसहित १११ जनाको मुल निर्वाचन परिचालन कमिटी निर्माण गर्ने निर्णय गरेको छ ।

बैठकले संगठन बिस्तार, सुदृढीकरण तथा जनपरिचालन १ महिने अभियान फागुन १५ देखि संचालन गर्ने, वडा कमिटी, टोल कमिटी, ज्येष्ठ कम्युनिस्ट मन्च, सल्लाहकार कमिटी तथा जनबर्गिय संगठनहरु (वाईसीएल, विद्यार्थी, महिला, दलित मुक्ती मोर्चा लगायत) सम्पुर्णको बैठक गर्ने निर्णय गरिएको नगर सचिब प्रेमबहादुर शाहले जानकारी दिए ।

पार्टीको टोल भेला नभएको ठाउँमा भेला गर्ने, जनबर्गिय संगठनहरुको वडा, नगर भेला/सम्मेलन गर्ने, सामाजिक न्यायसहितको समृद्धिका बारेमा छलफल, अन्तरक्रिया तथा बहस गर्ने, सहिद तथा बेपत्ता परिवारलाई सम्मान गर्ने निर्णय भएको सचिब शाहले बताए ।

विस्तारित बैठकले सहिद परिवार, बेपत्ता परिवार, घाइते, पुर्व जनमुक्ति सेनासङ्ग भेटघाट तथा छलफल गर्ने, प्रत्येक वडामा सम्पर्क कार्यालय संचालन गर्ने, बिशेष वडास्तरमा ५०/५० जनाको युवाहरुको ‘युवा स्वयंसेवक टिम’ निर्माण गर्ने तथा एमसिसी बिरुद्ध टोलटोलमा भन्डाफोर अभियान संचालन गर्ने निर्णय भएको उनले जानकारी दिए ।

  • १२ फाल्गुन २०७८, बिहीबार ०९:१८ प्रकाशित
  • Nabintech