बाँकेको जानकी गाउँपालिकाले एम्बुलेन्स सेवा शुरु गरेको छ । मंगलबार पालिका परिसरमा कार्यवाहक अध्यक्ष भुमिसरा धितालले विधिवत रुपमा पुजाआजा गरी एम्बुलेन्स सेवाको उद्घाटन गरिन ।
कार्यवाहक अध्यक्ष धितालले एम्बुलेन्स सेवा संचालनसङ्गै एम्बुलेन्स नपाएर स्थानीय बासिन्दाले ज्यान गुमाउनुपर्ने अवस्थाको अब अन्त्य भएको बताइन ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
उनले स्थानीय नागरिकले जटिल प्रकारका बिरामी हुँदा बेहोर्नुपर्ने समस्याबाट मुक्ति पाउन् भन्नका लागि गाउँपालिकाले एम्वुलेन्स खरिद गरेको बताईन । अब नागरिकले सजिलै एम्बुलेन्स सेवा पाउने उनले बताइन् ।
पालिकामा गाडी र एम्बुलेन्स खरिदका लागि गाउँ कार्यपालिका बोर्डले २०७६ माघ १० गते नै निर्णय गरेको भएपनि एम्बुलेन्स खरिद दुई बर्षपछि बल्ल अहिले कार्यान्वयनमा आएको प्रमुख प्रशासकीय अधिकृत बसबहादुर रानाले बताए ।
उक्त निर्णय अनुसार स्करपियो गाडी तत्काल खरिद भएको तर एम्बुलेन्स भने हालसम्म खरिद भएको थिएन ।

गाउँपालिकाले नेपाल सरकारको राजश्व छुट गरेर ११ लाख ८१ हजार रुपैयाँमा एम्बुलेन्स खरिद गरी सेवा सञ्चालनमा ल्याएको प्रमुख प्रशासकीय अधिकृत रानाले जानकारी दिए । गाउँपालिकाभित्रका गरिव, विपन्न, अपाङ्ग, जेष्ठ नागरिक लगायत जटिल अवस्थामा रहेका स्थानीयहरुको स्वास्थ्यलाई ध्यान दिएर गाउँपालिकाले एम्बुलेन्स सञ्चालनमा ल्याएको उनले बताए ।
गाउँपालिकामा बसबहादुर राना प्रमुख प्रशासकीय अधिकृत भएर आएपछि धेरै कामहरु भएको स्थानीयले बताए । राना आइसकेपछि पालिकाको आफ्नै भवन निर्माण शुरु गरिएको, १५ शय्याको आधारभूत अस्पताल निर्माण शुरु गरिएको तथा निर्णय भएको दुई बर्षसम्म पनि खरिद हुन नसकेको एम्बुलेन्स खरिद गरिएको लगायत थुप्रै महत्वपूर्ण कार्यहरु रानाको पहलमा भएको स्थानीयले बताएका छन ।
१० फाल्गुन २०७८, मंगलवार १६:२२ प्रकाशित