बाँकेको कोहलपुरमा गएराती ट्रकले किच्दा ड्युटीमा रहेकी एक महिला प्रहरीको ज्यान गएको छ ।
कोहलपुर नगरपालिका ११ चौराहामा गएराती अन्दाजी १० बजेको समयमा ड्युटीमा रहेकी महिला प्रहरी कबिता बिसी (बुढा क्षेत्री) लाई ट्रकले किच्दा उनको ज्यान गएको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक रबिन्द्र खनालले जानकारी दिए ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
शम्शेरगञ्जतर्फबाट नेपालगञ्ज आउँदै गरेको ना३ख ६४३६ नम्बरको ट्रक चौराहामा ट्रनिङ गर्ने क्रममा अनियन्त्रित भई पल्टिदा ट्रकको पछाडीको ढालाले सडकको किनारामा रहेकी ती महिला प्रहरीलाई किच्दा उनको ज्यान गएको खनालले बताए ।
ड्युटीमा सङ्गै रहेकी अर्की महिला हवल्दार बासमती चौधरी भने भागेर ज्यान जोगाएको उनले जानकारी दिए । उनिहरु दुबै जना ईलाका प्रहरी कार्यालय कोहलपुरमा कार्यरत रहेको डिएसपी खनालले बताए ।
३६ बर्षिया मृतक महिला प्रहरी ठाकुरबाबा नगरपालिका वडा नम्बर ७, बर्दिया माइती भई प्युठान नगरपालिका वडा नम्बर २ चितिखोला प्युठान घर भएको कोहलपुर प्रहरीले बताएको छ ।
उक्त ट्रक र सवारी चालक अहिले कोहलपुर इलाका प्रहरी कार्यालयले नियन्त्रण लिएको प्रहरीले बताएको छ ।
९ फाल्गुन २०७८, सोमबार ०९:५७ प्रकाशित