एमसीसीविरुद्ध नेपालगन्जमा वाइसीएल र विद्यार्थीको बिरोध प्रदर्शन
  • काँचुली खबर

अमेरिकी सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध नेकपा माओवादी केन्द्र निकट वाईसीएल र अनेरास्ववियु (क्रान्तिकारी)ले नेपालगन्जमा संयुक्त रुपमा बिरोध प्रदर्शन गरेका छन । उनिहरुले नाराजुलुस सहित बजार परिक्रमा गरेर बिरोध प्रदर्शन गरेका हुन ।

सहभागीहरुले ‘राष्ट्रिय स्वाभिमानको रक्षा गरौं’, ‘राष्ट्रघाति एमसिसी सम्झौता खारेज गर’, ‘राष्ट्रघाति एमसिसी चाहिदैन, देश बेच्न पाइदैन’, ‘अमेरिकी साम्राज्यवाद मुर्दाबाद’, ‘राष्ट्रघाति एमसिसीका दलालहरु मुर्दाबाद’ लगायतका नाराहरु लगाउदै बजार परिक्रमा गरेका थिए ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगर पार्टी कार्यालय सेतु बिक चोक नजिकबाट निस्केको संयुक्त बिरोध र्‍याली न्यूरोड, त्रिवेणी मोड, त्रिभुवन चोक, बिपी चोक हुँदै धम्बोझी चोकमा पुगेर बिरोध सभामा परिणत भएको थियो ।

बिरोध सभालाई अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य तुल्सीमणी केसी र वाईसीएलका केन्द्रिय संयोजक सुमन देवकोटाले सम्बोधन गरेका थिए ।

सम्बोधनका क्रममा उनिहरुले एमसीसी सम्झौता विरुद्धको सङ्घर्ष झन् पेचिलो र सशक्त बन्दै गएको भन्दै अमेरिकी साम्राज्यवादले जबर्जस्ती लाद्न खोजेको एमसीसीका विरुद्ध राष्ट्रिय स्वाधीनताको रक्षाको यो सङ्घर्षलाई सफलीभूत बनाउन आम देशभक्त जनसमुदाय एकजुट भै उठ्नुपर्ने बताएका थिए ।

  • ६ फाल्गुन २०७८, शुक्रबार १६:२२ प्रकाशित
  • Nabintech