एमसीसीबारे छलफल गर्न बसेको सत्तारूढ गठबन्धनको बैठक सकिएको छ । बिहीबार साँझ बालुवाटारमा बसेको बैठकले एमसिसी भोलि पनि संसदमा टेबल नहुने बैठकले निर्णय गरेको छ ।
सत्ता गठबन्धनमा काँग्रेस एमसिसी टेबल गर्ने पक्षमा अभिएको छ । माओवादी केन्द्र, एकीकृत समाजवादी भने विपक्षमा उभिएका थिए ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
यस्तै बुधबार बसेको माओवादीको संसदीय दलको बैठकले जबरजस्ती एमसिसी पारित गर्न खोजे सरकारबाट बाहिरिने निर्णय गरेको थियो ।
बैठकमा नेपाली काँग्रेसबाट प्रधानमन्त्री देउवा, नेताहरू कृष्णप्रसाद सिटौला, गगन थापा, पूर्णबहादुर खड्का, कानुन मन्त्री दिलेन्द्रप्रसाद बडु, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, झलनाथ खनाल, जनता समाजवादी पार्टीबाट बाबुराम भट्टराई सहभागी थिए । यस्तै जसपाका अध्यक्ष उपेन्द्र यादव भने सहभागी भएनन् । उनी राजधानीबाहिर भएकाले उपस्थित हुन सकेनन् ।
एक नेताका अनुसार गठबन्धनका शिर्ष नेतृत्वको बैठक भोलि बिहान ९ बजे बालुवाटार बोलाइएको छ ।
५ फाल्गुन २०७८, बिहीबार २०:१२ प्रकाशित