प्राविधिक शिक्षा आजको आवश्यकता भन्ने मुल नाराका साथ आइतवार नेपालगन्जमा पनि प्राविधिक शिक्षा राष्ट्रिय जागरण अभियान २०७५ भव्य रुपमा मनाइएको छ । प्राविधिक शिक्षा राष्ट्रिय जागरण अभियान नेपालगन्जमा विभिन्न विद्यालयको अगुवाईमा मनाईएको हो । राष्ट्रिय जागरण अभियानमा विद्यार्थी, शिक्षकहरुले ¥याली निकालेर मनाएका छन् । नेपालगन्जको विपी चोकदेखि सुरु भएको ¥याली त्रिभुवन चोक, त्रिवेणीमोड, घरवारी टोल हुदै धम्बोझी चोकमा पुगी कोणसभामा परिणत भएको थियो ।

वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
कोणसभालाई सम्बोधन गर्दै नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापाले नेपालगन्ज उपमहानगरपालिका यस क्षेत्रकै प्राविधिक शिक्षाको हवको रुपमा परिचित भएको जानकारी गराउनुभयो । अन्य शिक्षा भन्दा प्राविधिक शिक्षा एक कदम अगाडी रहेको उपमेयर थापाले बताउनुभयो ।
प्राविधिक शिक्षा राष्ट्रिय जागरण अभियान अभियानमा मात्रा सिमित नरही यसको सदुपयोग गर्न उपमेयर थापाले अनुरोध गर्नुभयो । प्राविधिक शिक्षामा सामेल हुन गाउँ गाउँ र बस्ती बस्तीबाट उठ्नु पर्ने भेरी प्राविधिक शिक्षा कार्यालयका प्रमुख भिमकान्ता लामिछानेले धारणा राख्नुभयो ।

७० प्रतिशत प्राविधिक शिक्षा सिकेर यो देशलाई आमुल परिवर्तन गरिनुपर्ने उहाँले जिकिर गर्नुभयो । प्राविधिक शिक्षा गरिखाने शिक्षा भएको हुनाले जो कोहीले यो शिक्षा लिन नसकने उहाँले जोड दिनुभयो ।
प्राविधिक शिक्षामा नेपालगन्ज हवको रुपमा अग्रसर भएकोले प्राविधिक शिक्षा घरघरमा हुन जरुरी रहेको फोरम फोर हेल्थ एण्ड टेक्निकल साइन्सका केन्द्रिय महासचिव संजय थापाले बताउनुभयो ।

सरकारको अवधारणा अनुसार हरेक स्थानिय तहमा एकवटा प्राविधिक शिक्षालय स्थापना गर्ने भएकाले यसमा सवैले उत्तिकै चासो दिन आवश्यक रहेको कुरामा उहाँले जोड दिनुभयो ।

विभिन्न विद्यालयको अगुवाईमा भएको प्राविधिक शिक्षा राष्ट्रिय जागरण अभियान ¥यालीमा विद्यार्थीहरुले प्राविधि मैत्री नाराहरु समेत लगाएका थिए ।

२४ असार २०७५, आईतवार १७:०२ प्रकाशित