नेकपा माओबादी केन्द्रका प्रवक्ता तथा पुर्व सभामुख कृष्णबहादुर महराले नजिकैदै गरेको स्थानीय निर्वाचनका लागि बिना बिबाद सर्वसम्मत रुपमा उम्मेदवार छनौट गर्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन गरेका छन ।
नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिका कमिटीले मंगलबार बेलुका नेपालगन्जमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा उनले यस्तो निर्देशन दिएका हुन ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378

‘हामीले निर्वाचनका बेला उम्मेदवार छनौट गर्दा कुनै बिबाद बिना सर्वसम्मत रुपमा सर्वमान्य तरिकाले छनौट गर्नुपर्छ, हामी आपसमा बिबादित हुनुहुदैन । हामीबिच बिरोधिहरु खेल्ने ठाउँ दिनुहुदैन ।’ उनले भने – ‘पार्टी भित्र समूह, गुट, उपगुट नगराई एकताबद्ध हुनुहोस्, सबै जनताविच आफ्ना एजेन्डा लैजानुस, एजेन्डामा अडिग रही जनतालाई एकताबद्ध बनाउनुस अनि चुनाव जितिन्छ ।’
महराले यथास्थितिमा एमसीसी पास गर्न नहुने भन्दै संसोधन गरेर राष्ट्रिय सहमति बनाई एमसीसीलाई अगाडी बढाउनुपर्नेमा जोड दिए ।

३ फाल्गुन २०७८, मंगलवार २१:५१ प्रकाशित