ज्ञानेन्द्र शाहीले नेतृत्व गर्दै आएको ‘हाम्रो नेपाल, हाम्रो नेपाली अभियान’ राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०मा समाहित भएको छ ।
पदाधिकारी बैठकले राप्रपामा अभियानलाई समाहित गर्ने निर्णय अनुमोदन गरेको हो ।
समान विचार भएका व्यक्ति, समूह र दलसँग एकता, मोर्चा वा सहकार्य गर्ने नीति अनुसार राप्रपाले महामन्त्री धवलशमशेर राणाको संयोजकत्वमा वार्ता समिति गठन गरेको थियो ।
वार्ता समितिले शाही नेतृत्वको अभियानलाई समाहित गर्न प्रस्ताव गरेको थियो । मंगलबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले प्रस्ताव अनुमोदन गरेको प्रवक्ता मोहन श्रेष्ठले बताए ।
३ फाल्गुन २०७८, मंगलवार १९:४३ प्रकाशित