नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का प्रवक्ता कृष्ण बहादुर महराले राष्ट्रघाती एमसीसी पारित गर्न माओवादी सहयोगी नबन्ने बताएका छन । माओवादी केन्द्र कोहलपुर नगर समितिको बिस्तारित बैठकमा बोल्दै उनले माओवादी एमसीसीको बिपक्षमा रहने बताए । उनले केही दिन भित्रै एमसीसी बारे टुंगो लाग्ने बताए ।
तोकिएको मितिमा स्थानीय चुनावमा हुने भन्दै महराले चुनावको तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन ।
माओवादी केन्द्र कोहलपुरको बिस्तारीत बैठकमा बोल्दै माओवादी केन्द्रका युवा नेता नरेन्द्र न्यौपानेले चुनाबी अभियानमा लाग्न निर्देशन दिए । कोहलपुरको बिकास र समृद्धिका लागि माओवादीको नेतृत्व आवश्यक रहेको भन्दै नेता न्यौपानेले जनताको घर-घरमा जान निर्देशन दिए ।
बर्तमान नेतृत्वको कारण कोहलुरको बिकास पछाडी धकेलिएको भन्दै उनले सुशासन र पारदर्शी स्थानीय सरकार बनाउन आवश्यक रहेको बताए ।
माओवादी केन्द्रले स्थानीय चुनाव लक्षित एक महिने जनसम्वन्ध सुद्धृढीकरण तथा बिस्तार अभियान घोषणा गरेको छ । अभियान अन्तरगत माओवादी अफ्नो एजेण्डा सहित घरघर पुग्ने माओवादी केन्द्र कोहलपुरका अध्यक्ष अवराज खड्काले जानकारी दिए ।
अभियान अन्तर्गत संगठन निर्माण, जन सेवा र जनपरिचालनका काम गर्ने माओवादीले जनाएको छ । कार्यक्रममा कोहलपुर क्षेत्रका २ दर्जन बढी माओवादी केन्द्रमा प्रवेश गरेका छन । नेकपा एमाले र काँग्रेस परित्याग गरि उनिहरु माओवादी केन्द्रमा प्रवेश गरेको नगर अध्यक्ष खड्काले जानकारी दिए ।
३ फाल्गुन २०७८, मंगलवार १८:५३ प्रकाशित