नेकपा (माओवादी केन्द्र) सम्बद्ध जनवर्गीय संगठनहरूले १२ बुँदे माग राख्दै कोहलपुर नगरपालिकालाई ज्ञापन पत्र बुझाएका छन् । माओवादी केन्द्र निकट अखिल नेपाल सुकुम्बासी संघ, वाइसिएल, अखिल क्रान्तिकारी, अखिल नेपाल महिला संघ (क्रान्तिकारी)ले कोहलपुर नगरपालिकाका मेयर लुटबहादुर रावतलाई संयुक्त रुपमा ज्ञापन पत्र बुझाएका हुन् ।
मेयरलाई भुमि आयोगको काम तत्काल सुरु गरी पुर्जा वितरण गनुपर्ने, किसानहरुलाई राहत वितरण, फोहोरमैला व्यवस्थापन गर्नुपर्ने, बधशालाको निर्माण नहुँदै लाखौ रुपैैयामा लिएको र त्यसको असुर उपर गर्नुपर्ने, टुक्रा टुुक्रा योजना बनाई गुणस्तरहिन काम नगर्ने, अस्पताल, एम्बुलेन्स, प्रशासनिक भवन निर्माण गर्नुपर्ने लगायत १२ बुँदे माग सहितको ज्ञापन पत्र बुझाईएको हो ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
ज्ञापन पत्रमा उल्लेखित मागहरुलाई कोहलपुर नगरपालिकाले एक हप्ता भित्र सार्वजनिक गरी जनताहरुको सूचनाको हक उपलब्ध नगराए अन्दोलनका कार्यक्रमहरु सार्वजनिक गर्न बाध्य हुने समेत ज्ञापन पत्रमा उल्लेख गरीएको छ ।


२ फाल्गुन २०७८, सोमबार २१:०८ प्रकाशित