नेपागन्ज उपमहानगरपालिकामा सार्वजनिक शौचालय नहुदाँ हिड्डुल गर्ने बटुवा तथा नगरबासीलाई समस्या भएको छ ।
हिजो मात्र खुल्ला दिसा मुक्त क्षेत्र घोषणा गरिएको यस उपमहानगरमा सार्वजनिक शौचालय नहुदा चुनौती थपिएको छ । कुनै कुनै ठाँउमा भएको शौचालय समेत ब्यवस्थित नगरिदिदाँ नगरबासीलाई निकै सास्ती भएको छ । शौचालय अब्यवस्थित हुदाँ शौचालयबाट निस्कने दुर्घन्धले श्वासप्रश्वासमा निकै कठिनाई भैरहेको स्थानीयको भनाई रहेको छ । शौचालय ब्यवस्थित नहुदाँ दुर्घन्ध सहेर बस्नु पर्ने एक ब्यवसायीले बताउनुभयो । उहाँले सम्बन्धित निकायले शौचालयलाई ब्यवस्थित गरिदिएर स्थानीयको जिम्मामा दिए शौचालयको हेरचाह स्थानीयले नै गर्ने बताउनुभयो ।
नेपालगन्ज उपमहानगरपालीकाका उपप्रमुख उमा थापामगरले नेपालगन्ज उपमहानगरपालीका भित्र सार्वजनीक जग्गाको अभाबका कारण सार्वजनीक शौचालय बन्न नसकेको बताउँदै केही महिना भित्र उपमहानगरपालीकाले घुम्ति शौचालयको ब्यवस्था गर्ने बताउनुभयो ।
स्वच्छ नगर निर्माणको अभियान चलाइरहदा सार्वजनिक शौचालय निर्माणको काम भने एकादेशको कहानी झैँ भएको छ । नेपालगन्जको बागेश्वरी मन्दिरको दक्षिण तर्फ रहेको एक सार्वजनिक शौचालय अहिले बन्द अवस्थामा रहेको छ । पुनः निर्माणका लागि बन्द गरिएको महिनौ वितिसक्दा पनि अझैँ काम सुरु भएको छैन । नेपालगन्जमा भएका सिमीत सार्वजनिक शौचालय निकै दुर्घन्धित छन् । जसका कारण बाटोमा हिड्डुल गर्न समेत सास्ती भैरहेको छ भने वरपरका ब्यवसायी नास्ता पसलेहरुलाई निकै सकस भएको छ ।

वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
२४ असार २०७५, आईतवार १६:४१ प्रकाशित