नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगर कमिटीले २७औं जनयुद्ध दिवस विविध कार्यक्रम गरेरर मनाएको छ ।
आइतबार बिहान आफ्नो पार्टी कार्यालय उद्घाटन गरेको माओवादी केन्द्र नेपालगन्ज कमिटीले तत्पश्चात पार्टी कार्यालयबाट व्याण्डबाजा सहित निस्केको नाराजुलुस त्रिवेणी मोड, त्रिभुवन चोक, भेरी अस्पताल हुँदै जिल्ला अदालत अगाडि पुगेर कोण सभामा परिणत भएको थियो ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
कोणसभालाई प्रदेश सांसद आइपी खरेलले संबोधन गरेका थिए । संबोधनका क्रममा उनले देश अहिले माओवादीकै मुद्दामा चलेको भन्दै संघीयता, गणतन्त्र, धर्मनिरिपेक्षता लगायतका मुद्दा माओवादीकै भएको बताए ।

खरेलले कुनैपनि हालतमा संसोशन नगरी एमसीसी पास गर्न नहुने बताए । उनले एमसीसीको विरुद्धमा देशका पुरै जनता र जनमत भएको भन्दै यही अवस्थामा पास गर्न नहुने बताए । अमेरिकाको एमसीसीमार्फत नेपालमा बसेर चीन हान्ने र देश भित्रका भौतिक संरचनामाथी हस्तक्षेप तथा खनिज पदार्थमाथि हस्तक्षेप गर्ने योजना रहेको बताए ।
कोणसभा पश्चात् माओवादी नेपालगन्जले भेरी अस्पतालको ईमर्जेन्सी सेवामा भर्ना भएका बिरामीहरुलाई फलफुल बितरण गरेका थिए । माओवादी प्रदेश कमिटीका नेताहरू तथा नगर कमिटीका पदाधिकारीहरुले बिरामीहरुलाई फलफुल बितरण गरेका थिए ।
जनयुद्धका क्रममा सहिद भएका व्यक्तिहरुको सम्झनामा आज बेलुका नगर पार्टी कार्यालय र सहिद सेतु बिक चोकमा दिप प्रज्वलित गरिने माओवादी नेपालगन्जले जनाएको छ ।






१ फाल्गुन २०७८, आईतवार १६:०१ प्रकाशित