दुवै मात्रा खोप लगाएका २३ बर्षिय युवकको कोरोना संक्रमणबाट मृत्यु
  • काँचुली खबर

फाइल फोटो

कोरोना संक्रमणबाट बाँकेमा थप एकजनाको मृत्यु भएको छ । बाँकेको खजुरा गाउँपालिका वडा नम्वर २ का एक युवकको उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले जानकारी दिए ।

वलीका अनुसार खजुरा गाउँपालिका वडा नम्वर २ का २३ बर्षिय कोरोना संक्रमित ती युवकको आज बिहान ५ बजे नेपालगन्जको भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । मृतक युवकलाई माघ २७ गते कोरोना संक्रमण पुष्टि भएपछि सोहिदिन भेरी अस्पतालमा भर्ना गरी उपचार शुरु गरिएको थियो । मृतक ती युवकले कोरोना विरुद्धको भेरोसेल खोपको दुबै मात्रा लगाएका थिए ।

योसङ्गै बाँके जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७९६ पुगेको छ । जसमध्ये, बाँकेका ३५१ जनाको मृत्यु भएको छ भने बाहिरी जिल्लाबाट उपचार गराउन आई मृत्यु हुनेको संख्या ४४५ पुगेको छ ।

  • १ फाल्गुन २०७८, आईतवार १०:०३ प्रकाशित
  • Nabintech